फरार तीन अपराधि पक्राउ
चितवन, २१ चैत्र। ज्यान मार्ने उद्योगमा फरार तीन जना अपराधि पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दारेचोक गा.बि.स.वडा नं.३ का वर्ष १९ का बुद्ध रानामगर, बर्ष १८ का रामबहादुर रानामगर र वर्ष १८ का पार्टस् भनिने बमबहादुर रानामगरलाई शनिबार तनहुँ जिल्लाको घाँसीकुवा भन्ने स्थानबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाई आजै चितवन जिल्ला अदालतबाट अनुमती लिई हिरासतमा राखेर आबश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ
प्रहरी हिरासतमा राख्न आज चितवन यस घटनामा संलग्न सोही ठाउँ बस्ने बर्ष १८ को रोशन मगर र बर्ष १७ को भिम थापामगरलाई घटना भए लगत्तै पक्राउ गरिएको ।
उनीहरुले यही चैत्र ९ गते राती अन्दाजी साँढे १ बजेको समयमा होली जात्राको क्रममा दारेचोक गा.बि.स.वडा नं.३ जिफाडस्थित अन्नपुर्ण माई मन्दिर परिसरमा सोही ठाउँ बस्ने हस्तबहादुर गुरुङ्ग, आशिष गुरुङ्ग र सुदिप गुरुङ्गलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका थिए ।
सो घटनामा संलग्न सोही ठाउँ बस्ने बर्ष १८ का रोशन मगर र वर्ष १७ का भिम थापामगरलाई घटना भए लगत्तै पक्राउ गरिएको थियो ।