मधेस आन्दोलनको नाममा अर्थतन्त्र गिराउने खेलः गृहमन्त्री बस्नेत (तस्वीरसहित)

राजेन्द्र आचार्य

चितवन २१ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मधेस आन्दोलनको तुक नभएको जिकीर गरेका छन् । आन्दोलनरत मधेस केन्द्रित दलहरुको एजेण्डा नै नभएको उनको भनाइ छ ।12946841_1067510923290712_1403128651_o
क्रान्तिकारी पत्रकार संघ चितवनले आइतबार भरतपर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री बस्नेतले देशको अर्थतन्त्र गिराउने खेलमा मधेस केन्द्रित दलहरु लागेको आरोप लगाए ।
‘मधेस आन्दोलनको नेतृत्व नै छैन,’ एमाओवादी नेतासमेत रहेका मन्त्री बस्नेतले भने, ‘यो आन्दोलनको कुनै तुक छैन ।’
नेपालको संविधान उत्कृष्ट रहेको भन्दै उनले यसको कार्यान्वयन अहिले आवश्यक रहेको बताए । उनले नमिलेका विषयहरु संशोधन गर्दै जान सकिने बताए । ‘हामीले जनवादी संविधान लेखेका छौं । यसको दुरगामी महत्व छ,’ बस्नेतले भने ।
मन्त्री बस्नेत चितवनको परेवाकोट दुर्घटनामा घाइते भएका पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । उद्योग वाणिज्य संघले सोमबार सम्मान कार्यक्रम गर्दैछ । बस्नेतले देशभर पेर्टोलियम पदार्थ सहज हुदै गएको बताएका छन ।

क्रमश पेर्टोलियम पदार्थ सहज हुदै गएकोले नआतिन सर्बसाधारणलाई आग्रह गरेका छन । कालोबजारी भएको पाईमा कडा भन्दा कडा कारबाही गरिने पनि मन्त्री बस्नेतले बताए ।12959461_1067510943290710_1104795810_o 12953189_1067511006624037_776706107_o 12948488_1067510956624042_1385596220_o 12941190_1067510819957389_1800560825_o 12962474_1067510873290717_1584835553_o12963598_1067513406623797_374244950010569680_n