एसएलसी परीक्षा दिँदा दिँदै दैलेखमा जन्मियो बच्चा

चितवन,२१ चैत । एसएलसी परीक्षा दिँदा दिँदै दैलेखमा एकजनाले छोरा जन्माएकी छिन् । दैलेखको चामुण्डा परीक्षा केन्द्र अन्तरगत ‘क’ परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा १७ वर्षीया बिमला रावतले परीक्षा हलमै बच्चा जन्माएकी हुन् ।

लकान्द्र घर भएकी विमलाले बिहान ९ बजे बच्चा जन्माएको विद्यालयले जनाएको छ । १७ वर्षीया बिमला कृष्ण उच्चमावि लकान्द्रकी आंशीकतर्फकी बिद्यार्थी हुन् । आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको चामुण्डा परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.