सौराहा जेसिसको एक दिने उत्प्रेरण तालिम (तस्वीर सहित)
किशोर रिजाल
चितवन, २० चैत । पर्यटकीय नगरी सौराहाका युवा व्यवसायीहरुलाई लक्षित गरी सौराहामा एक दिने उत्प्रेरण तालिम दिईएको छ ।
हरेक अप्ठाराहरुलाई सहज रुपमा नै म गर्न सक्छु भन्ने भाव जगाउन जेसिस युवा र अन्य व्यक्तिहरुलाई सौराहामा उत्प्रेरण तालिम दिईएको सौराहा जेसिसका अध्यक्ष रामशरण सिल्लवालले जानकारी दिए ।
सौराहा जेसिसको आयोजनामा आयोजित तालिममा जुनसुकै कामलाई सहज रुपमा कसरी गर्ने भन्ने विषयमा भारतको केरला देखि आएका बरिष्ठ अन्तराष्ट्रिय प्रशिक्षक टोम जाक्रिजले सहजीकरण गरेका थिए ।
सौराहा जेसिसका कार्यकारी उपाध्यक्ष सूर्य बहादुर तामाङ्गले स्वाग मन्तव्य व्यक्त गरको तालिममा महासचिव शिवप्रसाद भुषालले कार्यक्रम सञ्चालन गरेका थिए ।
तलिममा ३५ जनाको सहभागीता थियो ।