जिपबाट खसेर एकजना गम्भिर घाईते

 
नवलपरासी, २० चैत्र । नवलपरासीको राकाचुली २ मा जिप बाट खसेर १ जना गम्भिर घाईते भएका छन ।
नया बेलहानी प्रहरी चौकीले दिएको जानकारी अनुसार अरुणखोला बाट राकाचुलिको कुडापानी जादै गरेको लु १ ज २४ ३८ नम्बरको जिपमा सवार नया बेलहानी ८ का ६९ बर्षका समरबहादुर मल्ल जिप बाट खस्दा गम्भिर घाईते हुनु भएको छ ।
घाईते मल्लको टाउकोमा गम्भिर चोट लागेको र उहाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।