नवलपरासीको गुठी प्रसौनीमा आगलागी हुदा ५ घर जलेर नष्ट

दयाराम आचार्य
नवलपरासी, २० चैत्र । नवलपरासीको गुठी प्रसौनीमा ५ हरपुरमा आगलागि हुदा ५ घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।ago lage
पृथ्विचन्द्र कोईरीको घर नजिक फोहर जलाउन बालिएको आगो बालवालिकाले खेलाउदा आगो घरमा सल्किएको थियो ।
आगलागि हुदा सोही ठाउका वलिष्टर कोईरी, सुरेश कोईरी, नगिना कोईरी, श्रिनीवास कोईरी, राधेश्याम हरीजनीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । भने छोटेलाल हरीजनको गोठ आधा जलेर नष्ठ भएको प्रहरीले जनाएको छ ।
यस्तै आगलागीबाट रामदाश हरीजनको पसलपनि जलेर नष्ठ भएको छ । आगलागीबाट घरमा रहेका सम्पुर्ण सामागी्र जलेर नष्ठ भएको छ । आगलागि बाट १७ लाख ४० हजार बराबरको क्षति भएको पह्ररीले जनाएको छ ।
यस्तै आगो नियन्त्रणमा लिन खोज्दा एक जना आगोले जलेर घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार आगो निभाउने क्रममा प्रलाद कोईरीको हात र खुट्टा जलेर घाईते भएका छन । आगलागीबाट अन्य मानविय क्षतिभने नभएको जनाईएको छ ।
आगो करीब २ घण्टामा स्थानियबासी, शसस्त्र प्रहरी झोलनीपुरका शसस्त्र ,ईलाका प्रहरी कार्यलय बेलाटारीबाट खटिएको प्रहरी र परासीबाट पुगेको दमकलको साहेतामा नियन्त्रणमा लिइएको थियो ।