३ सय ४९ जना मुटुरोगी लाभान्वित

विप्लव काफ्ले

मेघौली, २० चैत्र । ग्रमाणि भेगका बिरामीलाई लक्षित गरि मेघौलीमा स्वास्थ्य शिविर गरिएको छ ।
Heart Sibir 2
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठ्माण्डौका मुटुरोग विशेषज्ञहरुको टोलीले फ्रेण्डसीप क्लिनिक नेपालमा निशुल्क मुटु परिक्षण गरेका थिए । ३ सय ४९ जना मुटुरोगीहरुले शिविरबाट सेवा लिएको क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारीले जानकारि दिए ।
Heart Sibir

मुटुरोग विशेषज्ञहरु डा. यूवराज लिम्बु, डा. विनय कुमार रौनीयार, डा. प्रवेश न्यौपाने, डा. मधु रोका, डा. आाष जंग कार्की लगयातको चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । क्लिनिक नेपालको अगुवाईमा गरिएको शिविरमा उच्च रक्तचापका बिरामी बढी देखापरेका छन् । गाउ“घरमै सेवा पाउ“दा स्थानीय खुशि भएका थिए ।

तस्वीर : राजेन्द्र आचार्य 
Heart Sibir 4

तस्वीर : राजेन्द्र आचार्य 
क्लिनिक नेपालको अगुवाईमा गरिएको शिविरमा उच्च रक्तचापका बिरामी बढी देखापरेका छन् । गाउघरमै सेवा पाउदा निकै खुसी लागेको स्थानिय मिना न्यौपानेले बताईन् । Heart Sibir 5
मुटुरोग विशेषज्ञ डा. यूवराज लिम्बुले नियमति चेकजाच नगर्दा रोग जटिल बन्दै गएका धेरै बिरामी आएको जानकारि दिए ।Heart Sibir 6 “मुटुको रोग लागेको हो होइन भन्ने नियमिति चेकजाच गर्नुपर्छ”, उनले भने,“कोलेस्टेरोलको स्तर, रक्तचाप, मोटोपन, अरु जाँचहरु नियमित रुपमा गरेमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ ।” मुटुरोगी मध्ये अधिकांस उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएकाहरु हुने गरेको उनले बताए । शरीरमा बढी बोसो जममा मुटुरोग लाग्ने सम्भावना प्रवल हुने उनको भनाई छ । Heart Sibir 7

तस्वीर : राजेन्द्र आचार्य 
दैनिक व्यायाम गरेमा रोग न्यूनिकरणमा सघाउ हुने उनको भनाई छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुन, सास फेर्न कठिनाइ हुने, धेरै पसिना आउने जस्ता लक्षण देखापर्नासाथ समयमै चेकजा“च गर्न सल्लाह दिए ।

Promise Education Consultancy