अर्पण बचत तथा ऋण सहकारी संस्थाद्धारा रत्ननगरमा अन्र्तक्रिया 

सुजिता हमाल

चितवन, चैत्र २० । ५५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज पुर्वि चितवनको रत्ननगरमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर १ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पणको संयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । arpan

आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने मुल नाराका  साथ आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले सहकारीको विकासले स्थानियस्तरमा आर्थिक प्रगति सम्भव भएको भन्दै सहकारीमा हुन नसकेको व्यवस्थापनले विकृति भित्रिएको गुनासो गरेका थिए ।

विकृतिका कारण साना बचत गर्नेहरुको रकम धरापमा पर्न सक्ने बताएका थिए। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका प्रमुख केशव बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम अर्पण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख जयराज सापकोटा,उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ,केन्द्रिय सहकारी संघका सल्लाहकार तथा अमृतधारा दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष एकनारायण पौडेल,  सर्वाङ्गिण सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष मिना पौड्ल,साथी बचतका डिल्लीराम अधिकारी,आधुनिक कृषि सहकारीका विपिन शर्मा आचार्य,उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका रामचन्द्र कोईराला,जनजागृति बचत तथा ऋण सहकारी संस्थाका माधव पौडेल,स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन पौडेल,नेपाली कांग्रस नगरसभापति रुपनराज घिमिरे,नेकपा एमाले नगरअध्यक्ष प्रेमनाथ दुवाडी लगााएले बोल्नुभएको थियो।