सहकारी दिवसमा सौराहा बचतको सरसफाई

चितवन, चैत्र २० । ५९ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा पर्यटकीय नगरी सौराहाको मुख्य बजार क्षेत्रमा सरसफाई गरिएको छ ।
सौराहा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो कार्यक्रममा सहभागी संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा सहकारीकर्मीहरुले सडकमा फालिएका फोहोरहरु संकलन गरेर नष्ट गरेका थिए । जथाभावि फालिएका प्लाष्टिक, सिसा, कपडा संकलन गरी नष्ट गरिएको अध्यक्ष गणेश खतिवडाले जानकारी दिए । सो अवसरमा सौराहाका धेरै व्यवसायीहरुको सहभागी थियो ।