खेलकूद संघमा जीतको नेतृत्व

राजेन्द्र कार्की
भरतपुर, २० चैत । राष्ट्रिय खेलकूद संघ नेपाल जिल्ला कार्य समिती चितवनले जीत गुरुङको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला कार्य समीति चितवनले आयोजना गरेको विषेश भेलाले गुरुङको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालका नया कार्यसमिती चयन गरेको हो ।12921005_10206610111394883_1458927858_n

समितीको उपाध्यक्षमा निर्मला अमगाई, सचिवमा पूजन राउत, र कोषध्यक्षमा अनमोल पाण्डे रहनुभएको छ । यसैबीच राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला कार्य समीति चितवन क्षेत्र नं। ३ ले पनि हिमान्सु शाहको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ ।

शाहको अध्यक्षतामा विभिन्न २१ सदस्यीय नया कार्यसमिती चयन गरिएको हो । समितीको उपाध्यक्षमा सुवास आचार्य, सचिवमा सुनिल भट्टराई, सहसचिवमा गौरव राज क्षेत्री, कोषाध्यक्षमा लक्ष्मी प्रसाद मोक्तान र सहकोषाध्यक्षमा सन्तोष घिमिरेलाई चयन गरेको छ । यसअघि आयोजित भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी संघिय मामिला तथा स्थानिय सहायक मन्त्री विराज बहादुर विष्टले युवाले गर्न सक्ने र युवाले गर्न खोजेको कामलाई राज्यले पहिचान गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

सो क्रममा बोल्दै विष्टले आफु पनि पहिले विदेश गएको तर पछि स्वदेशमै केहि गर्नुपर्छ भन्ने भावनाले राजनितीमा लागेको बताउनुभयो । उहाले देशलाई बनाउनुपर्ने जिम्मा युवाले नै लिनुपर्ने धारणा राख्नुभएको थियो ।

उहाले समाजको लागी हामी युवाले आ÷आफ्नो ठाउबाट मिलेर बनाउन सके देशले विकास पाउने बताउनुभयो ।

भेलामा राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिना, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल, राष्ट्रिय खेलकूद संघका केन्द्रिय अध्यक्ष लोक बहादुर शाहीको समेत सहभागीता रहेको राप्रपा नेपाल चितवनका सचिव जीवलाल पुरीले जानकारी दिनुभयो । कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन जिल्ला कार्य समीति चितवनका अध्यक्ष निमा लामाको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published.