न्यू पञ्चदिप युवा क्लवद्धारा उपाधि रक्षा

सुजिता हमाल

चितवन, २० चैत । प्रथम खैरहनी नगरपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधि न्यु पञ्चदिप युवा क्लव सालघारीले जितेको छ। game

खैरहनिमा शनिबार भएको फाईनलमा गोर्खा स्र्पोटस् क्लव गोर्खालाई २५–२१,२५–१६ र २५–२३ को सोझो सेटमा पराजित गदै न्यु पञ्चदिप युवा क्लव सालघारीले उपाधि रक्षा गरेको हो ।

उपाधि विजेता टोली पञ्चदिप युवा क्लव सालघारीले ५० हजार रुपिया सिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता गोर्खा स्र्पोटस् क्लव गोर्खाले नगद २५ हजार सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

माननीय सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि द्दय मध्यमाञ्चल खेलकुद संयोजक घनश्याम कंडेल ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अभियान टेलिभिजनका प्रमुख वेद प्रसाद आचार्य लगायतले खेलको महत्वका बारेमा बोलेका थिए ।कार्यव्रmम नवदीप युवाक्लब हर्नरीका अध्यक्ष तथा खेल संयोजक दिपनारायण राउतको अध्यक्षतमा सम्पन्न भएको हो ।