नयाँ विधेयक आए सहकारीको ब्रह्मलुटको अन्त्य हुने : उपप्रधान एवं सहकारी मन्त्री केसी

चितवन, २० चैत । उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ विधेयक पारित भए सहकारीको नाममा ब्रह्मलुटको अन्त्य हुने बताए ।Bakana 1अहिले सहकारीको साख जोगाउन नै चुनौती थपिएका छ–उनले भने सहकारी सिद्वान्त राम्रो हुँदाहुँदै पनि हजारौं सदस्यको अर्बाै रकम डुबाएकाहरुको कारण सहकारीको साख गिर्दैछ ।

मुलुककै पहिलो सहकारी संस्था वखान वहुउदेश्य सहकारी संस्थाको ५९ औँ बार्षिक उत्सव तथा ५९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा मन्त्री केसीले राष्ट्रिय सहकारी संघले सहकारीको साख जोगाउनका लागि नियमन प्रभावकारी बनाउन चुनौती रहेको बताए ।
समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न कार्की आयोगको सुझाव अनुसार अघि बढ्ने तयारी भइरहेको बताए ।
कार्यक्रमाम लिखित भाषण गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले सहकारीबाट सीमित व्यक्तिले फाइदा नलिउन भनेर बदमासी गर्नेलाई कडा कारवाहीको प्रस्ताव गरिएको उनको भनाई थियो ।
प्रस्तावित नयाँ ऐनमा केन्द्रीय संघहरुले पनि प्रारम्भीक सहकारीको अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।
प्रस्तावित ऐन पारित नभए सहकारी अभियानकै साख गिर्ने भन्दै ऐन पारित गर्नका लागि आम नागरिकलाई सहयोग गर्न समेत आग्रह गरे ।
आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारीको भूमिका उल्लेख्य बन्नुपर्ने चर्चा गर्दै मन्त्री केसीले सहकारीमार्फत समाजवाद अर्थव्यवस्था निर्माण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री केसीले वखान सहकारीलाई देशकै नमुना सहकारी बनाउनका लागि आग्रह समेत गरे । संस्थाका अध्यक्ष मोहन सिंह लामाको अध्यक्षतमा भएको कार्यक्रममा बोल्ले सहभागीले बखान सहकारीमा सहकारीको संग्रालय बनाउन माग गरेका थिए ।
कार्यक्रममा बोल्दै सहकारी तथा गरिवि मन्त्रालयका सविच शंकर प्रसाद अधिकारीले संविधानले संग्रालयका लागि प्रस्ताव सहित मन्त्रालयमा आउन आग्रह गर्दै नेपाल सरकार संग्रालय निमाणको लागि तयार रहेको बताए । उनले सहकारीले स्थानीय स्तरको आयस्तर बढाउनको लागि महत्वपुर्ण भुमिका खेलेको दावी गरे ।
त्यस्तै राष्ट्रिय सहकारी बोर्डका सदस्य सरोज कुमार शर्माले बखान सहकारी संस्थामा सहकारी संग्रालय निमार्ण गर्नका लागि सरकार संग पहल गर्ने बताए । कार्यक्रममा संसद विष्णु मायाँ परिवार, राष्ट्रिय सहकारी संघका रविन्द्र केसी, नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय सदस्य नवराज सापकोटा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्की, चित्रवन नगरपालिका कार्यकारी अधिकृत, रामचन्द्र अर्याल, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्था संस्थापक जिवित तिन शेयर सदस्य हर्कमान गुरुङ, कृष्णमान गुरुङ र इन्द्रमान सिंह गुरुङलाई सम्मान समेत गरिएको थियो ।Bakana samana
बखान सहकारी संस्थाका उपाध्यक्ष तोपमान सिंह गुरुङले स्वागत मन्तव्य राखेका कार्यक्रममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरका प्राचार्य केशव वहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्मर पुरी, उपाध्यक्ष अम्मर क्षेत्री, उप्रधानमन्त्री केसीका स्वकिय सचिव इन्द्र ढुंगाना तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published.