वाईसियल रत्ननगर वडा नं.–१० मा विशाल

चितवन, २० चैत । एमाओवादी निकट वाईसियल नेपाल रत्ननगर वडा नम्बर नं.–१० मा विशाल गुरुङ्गको अध्यक्षतामा ३५ सदस्ययी नयां कार्यसमिति चयन गरिएको छ ।
जसको उपाध्यक्षहरुमा निशान नेपाली र सविन थापा, सचिवमा अनिश कोब्वाला, सह–सचिवहरुमा संदिप थापा र सुनिल थापा र कोषध्यक्षमा निरोज लच मगर रहेका छन् ।
कार्यक्रममा वाईसियल रत्ननगर फ्याक्सन ईन्चार्ज मेघनाथ पौडेल, अखिल क्रान्तिकारी चितवनका सह–सचिव दयाराम पौडेल, वाईसियल रत्ननगर अध्यक्ष पुरुषोत्तम लामिछाने, वाईसियल नगर सचिव विकास पौडेल, सह–सचिव सुरज पौडेल, कोषाध्यक्ष अमृत लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।