विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ संशोधन गर्नुपर्ने माग

शंकर निर्देश 
भरतपुर, १७ चैत । निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन चितवनले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ संशोधन गर्नुपर्ने माग गरेको छ ।

प्याब्सन चितवनले आज जिल्ला शिक्षा कार्यालय चितवनमा जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्याललाई ज्ञापन पत्र बुझाउदै विभिन्न १० बुदे माग अघि सारेको छ ।

यस वर्ष शैक्षिक सत्रको अन्त्यमा आएको र शिक्षा ऐन नियमावली अनुसार शुल्क प्रस्ताव पेश गरिसकेकोले सो अनुरुप नै प्रक्रियामा लैजान ज्ञापन पत्र मार्फत माग गरिएको छ । ज्ञापनपत्रमा शिक्षा ऐन र नियमावलीसंग बाधिएका तर निर्देशिकामा उल्लेख भएका बुदाहरु खारेज गरिनुपर्ने जोडदार माग गरिएको छ ।

प्याब्सन चितवनका अध्यक्ष बेल बहादुर गुरुङद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विद्यालयको संस्थागत विकासमा विद्यालयको आयको प्रयोग गर्न नपाउने व्यवस्था खारेज हुनुपर्ने, शिक्षक अभिभावक संघको परामर्शमा विद्यालय व्यवस्थापन समितीको निर्णय अनुसार शुल्क प्रस्ताव गर्ने प्रावधान नै कायम गरिनुपर्ने, एसएलसीको ग्रडिङको प्रणालीमा पछिल्ला गरिएको परिवर्तन अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएको, पक्षपातपूर्ण ४५ प्रतिशत छात्रवृत्तिको व्यवस्थाको खारेज गरिनुपर्ने लगायतका माग गरिएको छ ।

ज्ञापनपत्र प्याब्सन चितवनका अध्यक्षले जिल्ला शिक्षा अधिकारीलाई बुझाउनुभएको हो ।

Leave a Reply

Your email address will not be published.