चौतारी सहकारीको स्वास्थ्य सचेतना कार्यक्रम

भरतपुर २० चैत । सहकारी दिवसको अवसरमा चितवनको भरतपुर वडा नं ४ नारायणगढमा रहेको चौतारी वचत तथा ऋण सहकारी सस्था लिमिटेडले निशुल्क मधुमेह जाच तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सस्थाको परिसर चौतारीरोडमै आयोजना गरिएको सो कार्यक्रममा चर्चित युवा चिकित्सक डा भोजराज अधिकारीले मधुमेह,रोगका कारण र वच्ने उपायका वारेमा जानकारी गराउनुभएको थियो ।उहाले व्यक्तिको आनिवानी र आहारव्यहारका कारण कुनैपनि प्रकारका रोगहरु लाग्ने भएकोले आफ्नो अमुल्य जीवनलाई स्वस्थ राख्नका लागि नियमित जाच गर्न आग्रह गर्नुभयो ।
पुष्पान्जली अस्पतालको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा २ सय ५० जनाले मधुमेहको जाच गराएका थिए । मधुमेहको समस्या भएका चौतारी सहकारीका शेयर सदस्यहरुलाई एकहप्तासम्म नियमित जाचका लागि पुष्पान्जली अस्पतालमा निशुल्क व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण पुरी,स्वास्थ्य सेवा विभाग प्रमुख तथा कार्यक्रम संयोजक विष्णु कंडेल लगायतले सहकारीले आफ्ना शेयर सदस्यहरुको दिनचर्यामा समेत प्रभावित पार्ने खालका कार्यक्रम गर्ने क्रममा स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
आगामी दिनमा शेयर सदस्यको व्यक्तित्व तथा नेतृत्व विकासका कार्यक्रम सचालन गरिने सस्थाले जनाएको छ