लियो क्लव अफ नारायणगढको अध्यक्ष चौधरी

चितवन, चैत्र २० । लियो क्लवमा इतिहास बोकेको सबै भन्दा पुरानो लियो क्लव अफ नारायणगढको अध्यक्षमा लियो राजु चौधरी चयन हुनु भएको छ ।DSCN1974
क्लवको आज नारायणगढस्थित लायन्स भवनमा भएको २९ औं वार्षिक साधारणसभा तथा २९ औं अधिवेशनबाट वर्ष २०१६/१७ का लागि चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै क्लवको प्रथम उपाध्यक्षमा लियो राजु चौधरी (बी), द्धितिय उपाध्यक्षमा लियो सृजन अधिकारी, तृतीय उपाध्यक्षमा लियो मोहन तिवारी, सचिवमा लियो कपिल अधिकारी, सह–सचिवमा लियो मिलन जोशी, कोषाध्यक्षमा लियो कृष्ण पौडेल र सह–कोषाध्यक्षमा लियो अलिस श्रेष्ठ चयन हुनु भएको छ ।
यसैगरि क्लवका निर्देशकमा लियो अमृता श्रेष्ठ, पिआरओमा लियो घनश्याम पौडेल चयन हुनु भएको क्लवका निवर्तमान अध्यक्ष एवंम निर्वाचन समितिका संयोजक रविन अधिकारीले जानकारी दिनुभयो । क्लवको अध्यक्षमा चयन भएपछि बोल्दै अध्यक्ष चौधरीले क्लवको गरिमालाई कायम राख्दै क्लवलाई अझै सक्रिय बनाएर लैजाने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालको भावी योजना बारे समेत सुनाउनु भएको थियो ।
क्लवका वर्ष २०१५÷१६ का अध्यक्ष लियो ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु लियो सवल पिया, लियो मोहन गिरीलगायतले बोल्नु भएको थियो ।