जनकपुरलाई हराउँदै भैरहवा सेमी फाइलनमा

आनन्द पोखरेल
नारायणगढ, १९ चैत । दोस्रो मारवाडी क्रिकेट लिगमा मारवाडी युवा मञ्च जनकपुरको अविजित यात्रा टुंगिएको छ । नारायणगढको क्याम्पा चौरमा शुक्रबार भएको खेलमा मारवाडी युवा मञ्च भैरहवासँग २८ रनले हारेसँगै जनकपुरको फाइनलमा पुग्ने सपनामा समेत पूर्ण विराम लागेको छ ।

IMG_0293
शनिबारको खेल जितेपछि आयोजक र भैरहवाका खेलाडीहरु फोटो सेसन गर्दै ।

टस जितेर पहिले ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५३ रनको योगफल तयार गर्न सफल भयो । एक सय ५४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ सम्हालेको जनकपुर २० ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय २५ रनमा समेटिन पुग्यो ।
IMG_0086

भैरहवाको तर्फबाट ब्याटिङ सम्हालेका सौरभ अग्रवालले नटआउट ५२ बलमा ५८ रन, पियुस अग्रवालले ११ बलमा २५ र शुभम अग्रवालले १५ बलमा २० रनको योगदान दिए ।

IMG_0180
जनकपुरलाई हराएपछि भैरहवाका खेलाडीहरु खुसी साट्दै ।

जितका लागि भैरहवा शुभम अग्रवालले चार ओभरमा १४ रन खर्चेर दुई विकेट, अशोक डागा चार ओभरमा ३१ रन खर्चिदै दुई विकेट र रौनक अग्रवाल चार ओभरमा १७ रन खर्चिदै एक विकेट लिन सफल भएका थिए । जनकपुरका लागि हर्ष शर्माले २० बलमा २६ रन, राहुल नहरले ३१ बलमा २६ रन र आकाश मोहनकाले २१ बलमा २३ रनको योगदान दिनुका अलावा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

जनकपुरका तर्फबाट बलर अंकित चोपडाले चार ओभरमा ३२ रन खर्चिदै दुई विकेट, राहुल नहरले चार ओभरमा २५ रन खर्चिदै एक विकेट र चन्दन टिग्रीवालले चार ओभरमा ३६ रन दिँदै एक विकेट मात्र लिन सफल भए । शुक्रबारको खेलमा भैरहवाका सौरभ अग्रवाल म्यान अफ दी म्याच बनेका छन् ।

IMG_0277
शनिबारको खेलमा म्यान अफ दी म्याच भएका भैरहवाका सौरभ अग्रवाललाई ट्रफी दिँदै फूलकुमार लालवानी (बीचमा) दायाँ कञ्चनकुमार अग्रवाल !

चैत २० गते शनिबार पूर्व क्षेत्रमा हुने बिराटनगर च्यालेन्जर र बिराटनगर महालक्ष्मी ११ बीचको सेमि फाइनबाट विजेता बन्ने समूहसँग पश्चिम क्षेत्रबाट विजेता बनेको भैरहवाले प्रतिष्पर्धा गर्ने मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष कञ्चनकुमार अग्रवालले जानकारी दिए ।

IMG_0041
खेल सुरु हुनु अडाडि राष्ट्रिय गानको सम्मानमा खेलाडी, आयोजक तथा एम्पायरहरु ।

दुवै क्षेत्रका विजेताहरु चैत २२ गते बिराटनगरको शहिद मैदानमा फाइलन खेल हुने अग्रवालले बताए । चैत १३ गतेदेखि भएको दोस्रो मारवाडी क्रिकेटल लिगमा पश्चिम क्षेत्र अन्तर्गत नारायणगढको क्याम्पाचौरमा नौ वटा खेलहरु भएका थिए । शुक्रबारको सेमि फाइलनसँगै चितवनमा आयोजना गरिएको खेल सकिएको छ ।

IMG_0049

शनिबारको सेमि फाइलन खेल हुनु अगाडि फोटो सेसन गर्दै मारवाडी युवा मञ्च भैरहवाका खेलाडीहरु ।

शनिबारको सेमि फाइलन खेल हुनु अगाडि फोटो सेसन गर्दै मारवाडी युवा मञ्च जनकपुरका खेलाडीहरु ।
शनिबारको सेमि फाइलन खेल हुनु अगाडि फोटो सेसन गर्दै मारवाडी युवा मञ्च जनकपुरका खेलाडीहरु ।