भलिबल प्रतियोगितामा सेमीफाईनलका खेलहरु सम्पन्न

संजय दुवाडी
चितवन, १९ चैत । प्रथम खैरहनी नगरपालिका खुल्ला भलिबल प्रतियोगितामा शुक्रबार सेमीफाईनलका खेलहरु सम्पन्न भएका छन।लिग चरणका शीर्ष चार टोलीबीच सेमिफाईनलको खेल भएको हो । पहिलो सेमिफाईनल खेलमा न्यु पञ्चदिप युवा क्लव जयमंगलाद्धारा वि.पि स्मृति क्लव सिमलटाँडी २५–२०, २५–१८, २२–२५ र २५–१७ को सेटमा पराजित भएको छ ।
यसैबिच आज भएको दोश्रो सेमिफाईनल खेलमा गोर्खा स्र्पोटस क्लव गोर्खाले बैरिया स्र्पोटस क्लव बैरियालाई २५–१४, २५ ( १७ र २५–१२ को सोझो सेटमा पराजित गदै फाईनलमा न्यु पञ्चदिप युवा क्लव जयमंगलासँग भेट पक्का पारेको हो ।
फाईनल खेल शनिबार विहान ११ बजेदेखि सुरु हुने खेल संयोजक दिपनारायण राउतले जानकारीदिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने त्यस्तै द्धितिय हुनेलाई नगद २५ हजार सिल्ड मेडल,र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।