अपराध नियन्त्रणमा चितवनको घुमुवा प्रहरी प्रभावकारी

चितवन, १९ चैत । चितवनमा पछिल्लो पटक अपराध नियन्त्रणका लागि घुमुवा प्रहरीको सक्रियता प्रभावकारी देखिएको छ । 10613155_1524982634456244_4610538679931587464_n
जिल्लामा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा सादा पोशाकमा खटिएका (घुमुवा प्रहरी) सक्रियताले अपराधी सहजै पक्राउ पर्ने गरेका छन् । जसका कारण चितवनको शान्ति सुरक्षा थप मजबुद समेत बनेको छ ।
देशकै मध्ये भागमा पर्ने चितवनमा विगत दुई बर्ष अगाडी देखि अपराध नियन्त्रणमा तत्कालीन प्रहरी उपरिक्षक प्रद्युन्न कार्कीको पहल सक्रिय बनाईएको घुमुवा प्रहरीको यतिवेला अपराध नियन्त्रणका कोसेढुङ्गा सावित भएको प्रहरी उच्च स्रोतको दावी छ ।
जसलाई अझै प्रभावकारी बनाउन हालका प्रहरी उपरीक्षक बसन्त कुवंरले थालकोे अप्रेशन मिसनले घुमुवा प्रहरी उच्च रफ्तार सक्रिय बनाएपछि चितवन हाल कुनै पनिअप्रिय घटना हुन सकेको छैन ।
शुष्म रुपमा सादा पोशकमा खटिएर अपराध नियन्त्रणको जड्मा पुगी अनुसन्धान गर्न सफल घुमुवा प्रहरी नै सक्रिय बनेको देखिन्छ ।
घमुवा प्रहरीको सक्रियता विभिन्न समयमा फरार अपराधी, गुण्डागर्दी, वेश्यावृती, जुवातास, मदिरा नियन्त्रण तथा लागुऔषध नियन्त्रयण जस्ता जघन्य अपराधमा संलग्न भएको व्यक्तिहरु कानुनको कढघारमा ल्याई साजय दिलाउईएको जिल्ला प्रहरी कार्यालय चितवनको अभिलेख विवरणमा प्रष्ट रुपमा उल्लेख छ ।
जसकारण आर्थिक बर्ष २०७२÷७३ को असारदेखि हालसम्म घुमुवा प्रहरीकै कारण ७० वटा भन्दा बढी काम कार्वाही भई २ सय भन्दा बढी अपराधीहरु जेल सजाय भोगिरहेका छन् ।
यो सफलताका लागि कुवंरले खटाएका घुमुवा प्रहरी सिकेन्द्र शाह र सुरेन्द्र कार्की सहितको टिमअनुसन्धानमा उच्च दख्खल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी सेवामा नै कडा रुपमा प्रस्तुत रहने कुवंरको नेतृत्वमा खटिएका घुमुवा टोलीकै कारण जिल्ला प्रहरी कार्यालय चितवन अपराध नियन्त्रणका प्रहरी संगठनमा उच्च स्थान पाउन समेत सफल छ ।