संरक्षणमा जुटेसंगै नवलपरासीमा घोरलको संख्या बृद्धी

दयाराम आचार्य
नवलपरासी, १८ चैत्र । नवलपरासीमा घोरल संरक्षणको अभियान थाले संगै घोरलको संख्या उल्लेख्य बृद्धि भएको छ ।

Ghoral

३ सय मिटिर देखि ३ हजार मिटर सम्मको उचाईमा रहेको पहाडी चट्टाने भिरहरुमा पाईने संकटापन्न रुपमा लिईएको घोरलको संरक्षणमा जुटे संगै यसको सख्यामा बृदि भएको महाभारत जैविक विविधता संरक्ष्ँण सरोकार समाज का सचिव होमनाथ पाण्डेले बताए ।
नवलपरासीको धौवादी, नरम, देउराली, रुचा, हुप्सेकोट र पाल्पाको झिरुवास गाविसमा संरक्षणकार्य थालनी गरे संगै यसको सख्या दुई गुणाले बृदि भएको पाण्डेले बताए । २०६५ सालबाट संरक्ष्ँण कार्य थालनी गर्दा १० देखि १५ वटा घोरल रहेको अनुमान गरीएकोमा हाल आएर स्थानियको भनाई, घोरलको बासस्थानको अध्यन गरी अनुमान गर्दा यसको संख्या ४० देखि ५० को हाराहारीमा रहेको उनले बताए ।goral 1
यसै बिच बिभिन्न संघसस्था मार्फत घोरल संरक्षण अभियान थालिएको र यो निकै राम्रो कार्यरहेको भएको भन्दै संरक्षणमा लाग्ने सस्थाहरु धन्यबादको पात्र रहेको नवलपरासी क्षेत्र नम्बर दुईका सांसद जिवन श्रेष्ठले बताए । यस्तै अझै पनि चोरी सिकारीलाई निरुत्साही गरी घोरलको बासस्थानको संरक्षण गदै यसको संख्या बृदी गर्दै पर्यटन आकर्षणको लागि अगाडि बढनु पर्ने उनले बताए ।
मासुको रुपमा उपभोग गर्न स्थानियले शिकार गर्ने गरेको हुदा चोरी शिकारी नियन्त्रणको लागि त्यस क्षेत्रका स्थानियलाई बिकल्पमा अन्य पशुपालन संगै अन्य आयमुलक पेशाकोे ब्यवस्था गरी चोरीशिकार नियन्त्रण गदै यसको सरक्षणमा लाग्नु पर्ने, आज कावासोतीमा भएको समुदायमा आधारीत घोरल संरक्षण कार्यक्रम समिक्षा तथा भावियोजना तर्जुमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै सांसद श्रेष्ठले बताएका हुन् । बासस्थानको बिनास र चोरीशिकारी घोरल संरक्षणको मुख्य चुनौती रहेकोले स्थानिय स्तरमा संरक्षण पछि हुने फाईदाको बारेमा चेतना अभिवृद्धी गर्दै यसको संरक्षणमा जुटनुपर्ने कार्यक्रममा बोल्ने सहभागिहरुले बताएका छन ।goral 2
स्थानियलाई साथमा लिएर अघि बढे संरक्षणमा सहयोग पुग्ने समेत सहभागिले बताएका छन । संरक्षण गर्दा संरक्षणको नाममा स्थानिय बिस्थापित हुनुपर्ने अवस्था आउन नदिन तर्फ पनि सहभागिले जोड दिएका थिए । महाभारत जैविक विविधता संरक्षण सरोकार समाज का अध्यक्ष्ँ झविलाल रानाको अध्यक्षता तथा सांसद जिवन श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा पाल्पा जिल्ला क्षेत्र नम्बर १ का सांसद राधाकृष्ण कडेंल, एमाले नवलपरासीका जिल्ला अध्यक्ष रोशन गाहा,डब्लु डब्लु एफका निर्देशक डा. शान्तराज ज्ञवाली, फेकोफनका कृष्ण सुवदी,केयर नेपालका शेखर बहादुर अधिकारी,सामुदायीक बन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डे, सेक्टर बन कार्यलयका कृष्ण देवकोटा, घौवादी गाविस सचिव विकासनर सिहंराना लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.