चितवनमा एक सय २७ परिक्षार्थी अनुपस्थित

 

चितवन, १८ चैत । चितवन जिल्लामा यस वर्षको एस एल सी परिक्षाको पहिलो दिन आज १ सय २७ विद्यार्थी अनुपस्थित रहेका छन् ।slc

नियमित तर्फ र एक्जाम्टेड तर्फ गरी १२ हजार ७ सय २४ विद्यार्थी मध्ये १२ हजार ५ सय ९७ जना विद्यार्थीले परिक्षा दिएको जिल्ला शिक्षा कार्यालय चितवनले जानकारी दिएको छ । जिल्लामा नियमित तर्फ १८ र एक्जाम्टेड तर्फ १ सय ९ गरी १ सय २७ परिक्षार्थी अनुपस्थित रहेको छन् । नियमित तर्फ ६ जना छात्र र १२ जना छात्रा गरी १८ जना परिक्षार्थी अनुपस्थित रहेको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा नियमित तर्फ १० हजार ८ सय ८० विद्यार्थी मध्ये १० हजार ८ सय ८० जना परीक्षार्थीले परिक्षा दिएका हुन् । भरतपुर उच्च मावि, प्रेम वस्ति उच्च मावि, भिमनगर उच्च मावि, एकता शिशु निकेतन आवशिय मावि रत्ननगर र माडि उच्च मावि बसन्तपुरको केन्द्रबाट समान २ ÷ २ जना परिक्षार्थी अनुपस्थित रहेका थिए । त्यस्तै विरेन्द्र आर्दश उच्च मावि वीरेन्द्रनगर,पृथ्वी उच्च मावि जुटपानी, बछौलि उच्चमावि, त्रिवेणी वहरा मावि मुग्लिीन, नारायणी नमुना उच्च मावि , शरतपुर उच्च मावि,र आदर्श उच्च मावि दिव्यनगरको केन्द्रबाट समना १/१ जना परिक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै परिक्षामा एक्जाम्टेड तर्फ ७३ छात्र र ३७ जना छात्रा गरी १ सय ९ जना अनुपस्थित रहेका थिए । एकजाम्टेड तर्फ १ हजार ८सय २६ विद्यार्थी मध्ये १ हजार ७ सय १९ जना विद्यार्थीले परिक्षा दिएको अर्यालले जानकारी दिनु भयो ।

यस एल सी परिक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परिक्षा भएको हो । चितनवन जिल्ला बाट ८ जना फरक क्षमता भएका विद्यार्थीले परिक्षा दिएका छन् । ९३ सामुदायीक , १ सय १८ संस्थागत १ खुल्ला विद्यालय गरि २ सय १४ वटा विद्यालयका विद्यार्थी परिक्षामा सहभागि छन् । त्यस्तै भोलि दोस्रो दिन अनिवार्य नेपालीको परिक्षा दिँदै छन् । यस वर्षको एस एल सी परिक्षा चैत्र २६ गने सम्म सञ्चालन हुने छ ।

.