प्रथम खैरहनी खुल्ला भलिबल प्रतियोगिता सुरु

संजय दुवाडी
चितवन, १८ चैत । प्रथम खैरहनी नगरपालिका खुल्ला भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । खैरहनी १३ मा रहेको नव युवा कल्ब हर्नरी बैरियाले आयोजना गरेको सो प्रतियोगिता लिगको आधारमा सुरु भएको हो । volleyball
आज भएको पहिलो खेलमा रसौली युवा क्लवले फेन्ससिप युवा क्लव सहनपुरलाई २५–१९ र २८–२६ को सोझो सेटमा हराएको छ ।यसैगरि पटिहानी युवा समाज पटिहानीलाई २५–२० र २५–१७को सोझो सेटमा हराएको छ।त्यस्तै गोर्खा स्र्पोटस क्लव गोर्खाले फेन्ससिप युवा क्लव सहनपुरलाई २५–१२ र २५–१४ को सेटमा हराएको छ ।volley

यस्तै न्यु पञ्चदिप युवा क्लवले बैरिया युथ क्लवलाई र वि.पि स्मृति क्लव खैरहनी सिमल टाडीले रसौली युवा क्लवलाई हराउदै जित हात पारेका छन । २० गतेसम्म चल्ने सो प्रतियोगितामा चितवन जिल्ला र जिल्ला बाहिरका गरि ८ टोलिहरुको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने त्यस्तै द्धितिय हुनेलाई नगद २५ हजार सिल्ड मेडल,र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।