किसान महासंघ क्रान्तिकारीको ७ बुदें ज्ञापन पत्र

प्रकाश सिग्देल
चितवन, १८ चैत । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी जिल्ला समिति चितवनले आज प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश शिहं समक्ष ज्ञापन पत्र बुझाएको छ ।
सरकारले वितरण गर्ने भनिएको किसान परिचय पत्र बिना सर्त निश्पक्ष रुपबाट बितरण गरिनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
सरकारले तयार पारेको योजनामा टाठा बाठाले मात्रै सरकारी सेवा पाउने अवस्था सृजना भएकाले आम किसानको सहभागीतामा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सदस्य खेम भट्टले बताए ।akhillll
आफनो संगठन बिगत देखिनै किसानको हितका लागी आवाज उठाउदै आएको बताउदै उनले सबै किसानको समस्या समाधान नहुदा सम्म आफुहरु जुनसुकै चुनौति आएपनि सामना गर्न तयार रहेको जानकारी दिए । सकारले चितवनमा करिव ७ हजार परिचय पत्र बितरण गर्ने र त्यसको सुल्क लिने निर्णय गरेको थियो ।
६० हजारको हाराहारिमा किसान रहेको जिल्लामा ७ हजारलाई परिचय पत्र बितरण गर्ने सरकारी निर्णयले ब्यवसायीक किसानको हित हुन नसक्ने राष्ट्यि ब्यवसायीक पशुपालक तथा दुध उत्पादक कृषक समाजका अध्यक्ष आनन्द न्युरे बताउछन् ।
विना कोटा निशुःल्क रुपमा परिचय पत्र बितरण गर्नु पर्ने,सबै किसानले परिचय पत्र पाउनु पर्ने, परिचय पत्र दिदा अनुगमन गरेर दिनु पर्ने, कृषकले प्रयोग गर्ने डिजल,पेटेल सहज र सुलभ रुपमा पाउनु पर्ने, परिचय पत्र गाबिस वा नगरपालिकाको वडा कार्यालयले सिफारिस गर्नु पर्ने, परिचय पत्र बितरणका लागी एक महिने समय अवधी तय गर्नु पर्ने लगायतका माग सहित आफुहरुले ज्ञापनपत्र बुझाएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला संयोजक नारायण बहादुर कुवरले बताए ।
यसैबिच अखिल नेपाल किसान महासंघ क्रान्तिकारी माडी नगर स्तरीय समिति गठन भएको छ ।
कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ३९ सदस्यि नगर स्तरीय समिति र १३ सदस्य सचिवालय समिति गठन भएको समितिका सचिव नरबहादुर रानाभाटले बताए ।
कार्यक्रममा एमाओवादीका केन्द्रिय सदस्य सन्देश पौडेल, क्षेत्र नम्बर ५ का संयोजक द्रोणबावु शिवाकोटी, समाजसेवी ओमनाथ पाण्डे, कृषि बिकास कार्यालयका प्राबिधिक गोबिन्द बहादुर मल्ल, लगायत स्थानिय किसान अगुवाहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.