शनिबार पूर्वी चितवन क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने
चितवन, १८ चैत । यदि तपाई विद्युत््सगं सम्बन्धीत कुनै काम गर्दै हुनुहुन्छ । त्यसो भए अब शनिबार पूर्वी चितवन क्षेत्रमा कुनै काम नराख्नु है । सबै काम ८ बजे अगाडी नै गर्नु होला । नत्र समस्यामा परिएला ।
पूर्वी चितवन क्षेत्रमा आगामी शनिबार दिनभर विद्युत् अवरुद्ध हुने भएको छ ।
रत्ननगर टाँडी वितरण केन्द्र अन्तर्गत पर्ने ३३÷११ के. भि. पर्सा शवस्टेशनमा नयाँ ब्रेकर जडान गर्ने कार्यक्रमलै गर्दा विद्युत् आपूर्ती नहुने भएको केन्द्रका प्रमुख सुरेशकुमार महत्तोले जानकारी दिए ।
“आगामी २० गते शनिवार विहान ८ः०० बजे देखि साँझ ५ः०० बजे सम्म टाँडी वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा विद्युत सप्लाई अवरुध हुनेछ–केन्द्र प्रमुख महत्तोेले भने– ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति प्राधिकरण टाँडी वितरण केन्द क्षमाप्रार्थी छ ।”
ब्रेकरले गर्दा पटक–पटक विद्युत् आपूर्तीमा समस्या आएपछि केन्द्रले नयां ब्रेकर जडान गर्न लागेको हो ।