गणेशलाललाई निर्माण व्यवसायीको सर्वाेच्च अवार्ड ‘गौरव सम्मान’ र सासद् पाण्डेलाई विशेष सम्मान प्रदान
चितवन, १८ चैत । नेपाल निर्माण व्यवसायि महासंघको सर्वोच्च सम्मान मानिने ‘गौरव अवार्ड’ बाट काठमाडौका पुराना निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ सम्मानित भएका छन्।
चितवनको रत्ननगरमा जारी केन्द्रिय साधरणसभाका क्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । उनीे सहित २८ विधामा विभिन्न सम्मान वितरण गरिएको महासंघको पुरस्कार तथा सम्मान समितिका सदस्य सचिव प्रेम सिंह ऐरले जानकारी दिए ।
अवार्ड वितरण समारोहमा श्रेष्ठलाई उपप्रधान एबं भौतिक पुर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेका थिए । अवार्ड वितरण गएराती ११ बजेसम्म चलेको थियो ।
सम्मानपछि संक्षिप्त प्रतिक्रिया दिंदै श्रेष्ठले यो सम्मान समग्र निर्माण व्यवसायीहरुकै भएको बताए । आफुले ५६ बर्षसम्म निर्माण सेवामा लागेकोमा गर्व लागेको समेत उनले प्रतिक्रिया दिए । बृद्ध भएकाले अहिले उहाँले निर्माण व्यवसायको काम छोरालाई जिम्मा दिईसके ।
यस्तै चतरा पुल निर्माण गरेर जोखिमपूर्ण क्षेत्रमा छिटो काम सकेको भन्दै अर्का निर्माण व्यवसायी विक्रम पाण्डेलाई पनि सोही क्रममा विशेष सम्मान गरिएको थियो ।
यस्तै ईन्जिनियर आनन्द बहादुर गुरुङलाई बेष्ट कन्सल्टेन्स अवार्ड, ईन्जिनियर भोजराज रेग्मीलाई वेष्ट कन्ट्रक्सन ईन्जिनियरिंग अवार्ड प्रदान गरिएको छ ।
यस्तै ईन्जिनियर अपिल भट्टराईलाई टप र्यङंकिंङ ईन्जिनियरिंग ग्रयाजुएट अफ द ईयरबाट सम्मान गरिएको छ । यस्तै निर्माणमा उल्लेख्य योगदान गर्नेहरु छानेर यो पटक महासंघले २७ विधामा अवार्ड र एउटा गौरव सम्मान प्रदान गरेको जनाईएको छ ।
सो क्रममा समुह ए अन्तरगत गोल्डेन अवाडबाट रमण कन्स्ट्रक्सन र नेपाल आदर्श निर्माण कम्पनी, सिल्भर अवार्डबाट कंकाई ईन्टरनेशनल विल्डर्स, तथा समुह वी बाट गोल्डेनमा रोशन कन्स्ट्रक्सन र सिल्भरमा लुम्विनी कन्स्ट्रक्सनलाई सम्मान गरिएको छ ।
यस्तै समुह सी बाट नयाँ बाटो निर्माण सेवा कास्कीलाई स्वर्ण, कार्कीबन्धु कन्स्ट्रक्सनलाई रजत र खुस्बु कन्स्ट्रक्सनलाई मोरंगलाई कास्य अवार्ड प्रदान गरिएको छ । यस्तै समुह डि बाट वाई पि आर धनकुटालाई स्वर्ण, सुन्दर निर्माण सेवालाई रजत र शिवराम कन्स्ट्रक्सनलाई कास्य अवार्डबाट सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट क्षेत्रीय संघमा सुदुरपश्चिमाञ्चल, उत्कृष्ट जिल्लामा हिमाली क्षेत्र अन्तरगत दार्चुला, तराईको झापा जिल्ला परेको छ । उत्कृष्ट कन्सल्टिंग कम्पनीमा ईष्ट कन्सर्न प्रालीलाई अवार्ड दिईएको छ भने ओम सकम्बरी निर्माण सेवाकी कोमल कुमारी बस्नेतलाई उत्कृष्ट महिला निर्माण व्यवसायी अवार्ड प्रदान गरिएको सम्मान समितिका सदस्य सचिव प्रेमसिंह ऐरले जानकारी दिए ।