ईट्टा भट्टाका काम गर्ने मजदुरका छोराछोरीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

 

चितवन, १८ चैत । युथ क्लब नारायणगढको आयोजनामा पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । श्री राष्ट्रिय प्राथमिक विद्यालय, अमृतपानी विरेन्द्रनगरमा इट्टा उद्योगबाट अध्ययनका लागि आएका ५१ जना बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।brick

ति बालबालिकाहरुलाई आवश्यक पर्ने कापी, कलम, जुट्टा, झोला, विद्यालय पोशाक लगायतका सामग्री बालबालिकाहरुलाई उपलब्ध गराइएको हो । बेटर ब्रिक नेपाल वि।वि।एन परियोजनले इट्टा भट्टामा काम गर्ने मजुदरहरुका छोराछोरीहरु पढ्न पाउने अधिकारबाट बञ्चित नहुन् भनी विभिन्न उमेर समुहका स्कुल जाने बालबालिकाहरुलाई बाल विकास केन्द्र तथा विद्यालयहरुमा अध्यापन गराउंदै आएको छ ।

कार्यक्रममा जि।एफ।आई र वि।सि।एनको समेत सहयोग रहेको थियो । इट्टा भट्टामा काम गरिरहेका मजदुरका छोराछोरीहरुलाई शिक्षाको पहुंचसम्म ल्याई उनिहरुको क्षमता विकासका लागि शैक्षिक कार्यक्रम ल्याइएको हो ।

जसअन्तर्गत इट्टा भट्टाका मजदुरका ५ वर्ष उमेर समूहका १ सय ५१ जना बालबलिकाहरु बाल विकास केन्द्रमा अध्ययन गरिरहेका छन् । यस्तै, ६ वर्ष उमेर माथिका ५१ जना बालबालिकाहरुलाई भने राप्रावि अमृतपानी, विरेन्द्रनगरमा भर्ना गरी अध्ययन अध्यापन गराउंदै आइएको हो । सोही अवसरमा रत्ननगर १ बकुलहर निवासी तिलकनाथ रिजालको जापानमा रहेको छोराहरु गोविन्द प्रसाद रिजाल र राम प्रसाद रिजालको सहयोगमा सोही विद्यालयमा अध्ययन गर्ने अन्य ४० जना बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरिक्षक हुमाकान्त अधिकारी प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै अधिकराीले बालबालिकाहरुको क्षमता विकासको लागि पनि यस्ता सहयोगहरुले टेवा पु¥याउने बताएका छन् । पढ्न पाउने अधिकार सबै बालबालिकाहरुको भएकाले सबै क्षेत्र, वर्ग, समुदायका बालबालिकाहलाई शिक्षाको पहुंचबाट टाढा राख्न नहुनेमा अधिकारीले जोड दिएका छन् ।

युथ क्लब नारायणगढका अधयक्ष्ँ लक्ष्मण बानियांले आगामी दिनहरुमा पनि इट्टाभट्टाका काम गर्ने मजदुर तथा उनिहरुका बालबालिकाहरुको स्तारोन्नति तथा क्षमता विकासको लागि काम गर्ने बताएका छन् । विद्यालयलाई व्यवस्थित बनाउंदै शैक्षिक स्तर उकास्न आग्रह गर्दै बानियांले चितवन इट्टा उद्योग संघ, वि।वि.एन परियोजना, जि.एफ.आई र वि.सि.एनको संयुक्त प्रयासले इट्टा भट्टामा काम गर्ने मजदुरका छोराछोरीहरुको शिक्षामा सहयोग गर्न सकेको बताएका छन् ।

चितवन इट्टा उद्योग संघ चितवनका अध्यक्ष तथा महासंघका केन्द्रिय सचिव नारायण सापकोटाले इट्टा भट्टाका गरिबीका कारण धेरैजना मजदुरहरु आउने र उनिहरुसंग बालबालिकाहरुलाई पढाउन सक्ने क्ष्ँमता नहुने हुंदा ति बालबालिकाहरु शिक्षँबाट वञ्चित नहुन भनी शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिएको हो । विद्यालयका प्राचार्य कुल प्रसाद देवकोटाले शिक्ष्ँकहरु विद्यार्थीहरुको शैक्षिक विकासको लागि बावुआमाको जस्तो भुमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । विद्यालयलाई भुपु विद्यार्थीहरुको पनि सहयोग आवश्यक रहेको देवकोटाको भनाई छ ।

कार्यक्रममा नवज्योति आमा समूह् अमृतपानीकी अध्यक्ष ज्ञानकुमारी ठकुरी, माउन्ट एभ्रेष्ट इंलिस स्कुलका प्राचार्य लोकनाथ ढकाल, समाजसेवी लक्ष्म्ण पुन, विद्यालयका पुर्व अधयक्ष तथा सल्लाहकार मीना हमाल, खैरहनी श्रोत केन्द्रका श्रोत व्यक्ति सोमनाथ तिवारी लगायतले बोलेका थिए । कार्यक्रम विद्यालयकी शिक्षक अभिभावक संघकी अध्यक्ष विमला परियारको अध्यक्ष्ँतामा सम्पन्न भएको हो ।