ठेकेदारको लापरवाहीले पुल निर्माण अलपत्र

दयाराम आचार्य
नवलपरासी, १८ चैत्र । नवलपरासीको दलदले धौवादी हुदै राईका भञ्ज्या¨ जोडने सडक खण्डको निरण्डि खोलामा निर्माण कार्यजारी रहेको पुल ठेकेदारको लापरवाहिका कारण समयमा पुरा हुन सकेको छैन ।
दुई बर्ष भित्र काम सम्पन्न गर्ने गरी नवलपरासीको नरम ९ मा रहेको निरण्डिखोलामा थालिएको पुल निर्माण कार्य हाल सम्म जम्मा करीब १५ प्रतिशत काम पुरा भएको छ ।
ठेकेदारको ढिला सुस्तिका कारण निर्माण कार्य दुई बर्षमा पनि पुरा नभएको जिल्ला बिकाश समिति नवलपरासीका योजना अधिकृत प्रकाश पन्थिले बताउनु भयो ।
२०७२ असार मसान्तमा कार्य सम्पन्न गर्ने गरी निर्माण थालनि गरीएको भएपनि हाल सम्म पुलको एकातर्फीको पिल्लरको आधा भाग मात्र उठाईएको छ भने अर्को तर्फ फाउन्डेसन निर्माण कार्य भईरहेको छ ।
जिल्ला बिकाश समिति नवलपरासीको स्थानिय पुर्वधार अन्र्तगतको सडक निर्माण कार्य अनुसार जिविसको एक १ करोड ४२ लाख रुपैयाको लागतमा शान्ति निर्माण सेवा प्रालि काठमाण्डौले निर्माण गर्न लागेको पुल दुई बर्षको समयमा कार्य सम्पन्न नभए पछि पुनह २०७४ बैशाख सम्ममा कार्य सक्ने गरी १३ महिना योजना अवधि थप गरीएको छ ।
दुई बर्षमा जम्मा १५ प्रतिशत मात्र काम सम्पन्न भएको अवस्थामा थप १३ महिनामा पनि पुल निर्माण पुराहुनेमा रुचा¨का ४ का स्थानिय सोमान सिहं मगरले आशंका ब्यक्त गर्नु भयो ।
पुल निर्माणको लागि आवश्यक पर्ने सामाग्रि ढुवानिमा समस्या भएको कारण समयमा काम सम्पन्न गर्न ठुलो समस्या भएको योजनका साईट ईन्चार्ज बिष्णु प्रसाद लामिछानेले बताउनु भयो ।
निर्माणको लागि आवश्यक पर्ने गिट्ट,ढु¨ा दलदले बाट ल्याउनु पर्ने ,आवश्यक ईन्धन पनि प्राप्त नभएकोले निर्माण कार्यले दु्रतता पाउन नसकेको लामिछानेले बताउनु भयो ।
दलदले धौवादी हुदै राईका भञ्जया¨ जोडने यो सडक खण्डमा पुल निर्माण भए संगै बर्षायाममा सवारी संचालनमा सहजता पुर्याउने त्यस क्षेत्रका स्थानियको आसा रहेको छ । यस सडकलाई नवलपरासी र पाल्पा जिल्लालाई जोडने सडकको रुपमापनि लिईएको छ ।
पुल निर्माण सम्पन्न भए संगै रुचा¨,रकुवा,नरम लगाएत पाल्पा जिल्लाका स्थानिय पनि लाभान्वित हुनेछन ।