अस्पतालमा रहेका बेवारिसे शव एक महिनापछि उठाइयो

रुपन्देही, १८ चैत । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक महिनादेखि थुप्रिएका शव बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ। lumbini hospital

अञ्चल अस्पताल बुटवलमा फागुन १५ देखि १२ वटा शव जम्मा हुँदा अस्पताल परिसरमा दुर्गन्ध फैलिएको थियो भने नयाँ शव राख्नका लागि समस्या देखिएको अस्पतालले जनाएको थियो। बुटवल उपमहानगरपालिका कार्यकारी अधिकृत धुव्रबहादुर खड्काले एक महिनादेखि थुप्रिएका शव बुधबार व्यवस्थापन गरिएको बताए।

उहाँले अस्थायी रुपमा ठाउँ खोजी गरेर व्यस्थापन गरिएको र स्थायी घाटका लागि जग्गाको खोजी भइरहेको बताए। लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ६ वटा शव राख्ने फ्रिज ९मर्चरी च्याम्बर० रहेका छन् त्यहाँ ठाउँ अभावमा मुर्दाघरमा खुला रुपमा राख्न अस्पताल बाध्य भएको थियो। बुटवल उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शवहरु बुटवल–४ मैनाबगरमा गाड्ने गरे पनि हाल ठाउँ अभाव भएको भन्दै शवहरु उठाउन सकेको थिएन।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले तत्काल शव व्यवस्थापन गर्नका लागि निर्देशन दिनुभएको थियो। लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रवक्ता लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा ३३ दिनदेखि रहेका बेवारिसे १२ शवमध्ये बुधबार ११ शव उठेका छन् भने एक पुरुषको शव बाँकी रहेको छ। अस्पतालमा गत आर्थिक वर्षमा १०१ शव नगरपालिकाले व्यवस्थापन गरेको थियो भने यस आर्थिक वर्षमा २८ वटा शव व्यवस्थापन गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.