एसएलसी सुरु, ६ लाखले परीक्षा दिदै, परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन सबैलाई आग्रह

काठमाडौ, १८ चैत । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर बिहान ८ बजेबाट एकैसाथ सुरु भएको छ ।slc
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन ।
परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागीभएका छन । ।जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएका छन ।
यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुने छन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने छन्।परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
एसएलसी परीक्षा आज देखि २९ गतेसम्म सञ्चालन हुनेछ । जसअनसार चैत १८ गते अङ्ग्रेजी, चैत १९ गते नेपाली, चैत २१ गते गणित, चैत २२ गते विज्ञान, चैत २३ गते सामाजिक, चैत २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, चैत २५ गते ऐच्छिक प्रथम, चैत २६ गते ऐच्छिक द्वितीय, चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक विषयको बाँकी विषयको परीक्षा सञ्चालन हुने छ ।
यस वर्षको एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुने छपरीक्षामा अमर्या्िदत कार्य गर्ने व्यक्ति र नक्कली परीक्षार्थीलाई रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।