निर्माण व्यवसायी महासंघको केन्द्रिय साधारणसभा शुरु

राजेन्द्र आचार्य
चितवन, १७ चैत । नेपाल निर्माण व्यवसायी महासंघको १८औ केन्द्रिय साधरणसभा आजदेखि शुरु भएको छ ।2

पुर्वी चितवनको रत्ननगर स्थित होटल स्टार बैंक्यूटमा शुरु साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले निर्माण आयोजनाहरुको म्याद एक बर्ष थप गर्ने प्रतिवद्धता जनाए ।

निर्माण व्यवसायीहरुको मागप्रस्ताब प्रति ईंकित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरुले म्याद थपको आग्रह गर्नुभएको छ, त्योे आग्रह पुरा भयो ।’

‘मैले यती भनिसकेपछि मेरो मन्त्रीपरिषदले दायँबायाँ कुरै गर्दैन,’ ओलीको थप कथन थियो । प्रधानमन्त्री ओलीले भुकम्प र नाकाबन्दीले गर्दा एक बर्ष म्याद थपेपनि बन्द हड्ताल गरेर निहुँ खोजे एक दिनपनि म्याद नथपिने चेतावनी दिए ।

हुलाकी मार्ग तथा ठोरी केरुंग मार्गको निर्माणको कामलाई समेत तिब्रता दिने प्रधानमन्त्री ओलीले जानकारी दिए ।
भारत र चीनसँग खुला र सुमधुर सम्बन्ध कायम भएको उल्लेख गर्दै ओलीले भारतसँगको असमझदारी हटेको र चीनतसँगको सम्वन्धी नयाँ उचाईमा पुगेको बताए ।1

राजनीतिक अधिकारको आन्दोलन समाप्त भएकाले अबको आन्दोलन विकास निर्माणको हुनेमा उहाँले जोड दिए । निर्माण व्यवसायीहरुलाई आत्मविश्वासका साथ अघि बढ्न समेत उहाँले व्यवसायीहरुलाई आग्रह गरे ।
धरहरा बनाउने जिम्मा नेपाली जनताकै भएको दोहोर्याउँदै कुनै सरकारी राज्य कोष र विदेशीको सहयोग विनै मेरो धरहरा म बनाउँछु भन्ने अभियानमा सरिक हुन उनले आग्रह गरे ।

‘निर्माणबाट समृद्धि’ भन्ने नारा सहित आजदेखि शुरु नेपाल निर्माण व्यवसायी महासंघको १८औ केन्द्रिय साधरणसभा तथा रजत जयन्ती शुभारम्भ समारोह भोली चितवन घोषणापत्र जारी गर्दै सकिने छ । सो अबसरमा बोल्दै निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष शरद कुमार गौचनले व्यवसायीक हितको लागि सबै व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।
साधारणसभाको पुर्वसन्ध्यामा विहान रत्ननगरको टाँडीदेखि निम्पनीसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा हात्ती सहित बाजा एबं विभिन्न भेषभूषा तथा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । र्यालीमा महिला समुह, थारु तथा भजन समुहको सहभागिता रहेको थियो ।

साधारणसभा चितवन घोषणापत्र जारी गर्दे १८ गते सौराहामा समापन गरिने निर्माण व्यवसायी संघ चितवनका द्धितिय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिए ।

3
साधरण सभामा देशभरीबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी १ हजार २ सय भन्दा बढी सहभागी हुने जनाइएको छ ।

देशभरी १२ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरु महासंघमा आबद्ध रहेका छन् । साधारणसभा सफल पार्न केन्द्रिय बरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.