चितवनलाई हराउँदै भैरहवा सेमी फाइनलमा (तस्विर सहित)

आनन्द पोखरेल

चितवन, १७ चैत । दोस्रो मारवाडी क्रिकेट लिग अन्तर्गत भएको पहिलो क्वार्टर फाइनल खेलमा विजयी हुँदै मारवाडी युवा मञ्च भैरहवा सेमी फाइल प्रवेश गरेको छ । बुधबार नारायणगढको क्याम्पा चौरमा भएको खेलमा भैरहवाले मारवाडी युवा मञ्च चितवनलाई १८ रनले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो ।

 

IMG_0153

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको भैरहवाले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ३९ रन बनाउन सफल भएको थियो । एक सय ४० रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय २१ रनमा समेटिन पुग्यो ।

IMG_0058

भैरहवाको जितको लागि शुभम अग्रवालले २६ बलमा २५ रन, पियुस अग्रवालले २८ बलमा २४ रन र दामोदर शर्माले नट आउट १४ बलमा १८ रनको योगदान दिए । त्यसैगरी, भैरहवाका शुभम् अग्रवालले चार ओभरमा २३ रन खर्चिदै दुई विकेट, सुनिल सेटियाले चार ओभरमा २५ रन खर्चिदै दुई विकेट र अशोक डागाले चार ओभरमा २९ रन खर्चिदै दुई विकेट लिएका थिए ।

IMG_0024

एक सय ४० रनको विजय लक्ष्य पछ्याएको चितवनको लागि रन्जन अग्रवालले सर्वाधिक ३८ बलमा ४१ रन र विकास बर्माले नट आउट नौ बलमा ११ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोर अंक जोड्न सकेनन् । चितवनको लागि नितेश महेश्वरीले तीन ओभरमा ३५ रन खर्चिदै दुई विकेट, विकास वर्माले चार ओभरमा ३६ रन खर्चिदै दुई विकेट र सचिन पोडारले चार ओभरमा १६ रन खर्चिदै एक विकेट लिएका थिए । बुधबारको खेलमा भैरहवाका अलराउण्डर खेलाडी शुभम अग्रवाल म्यान अफ दी म्यान घोषित भएका थिए ।

IMG_0146

बिहीबार मारवाडी युवा मञ्च जनकपुर र मारवाडी युवा मञ्च धनगढीबीच दोस्रो क्वाटर फाइनल खेल हुने पश्चिम क्षेत्रका फिल्ड व्यवस्थापक सञ्जय अग्रवालले जानकारी दिए । मारवाडी लिग अन्तर्गत पूर्व क्षेत्रको खेल बिराटनगरमा र पश्चिम क्षेत्रको खेल नारायणगढमा भइरहेको छ । दुवै तर्फको समूह विजेताहरु चैत २२ गते बिराटनगरमा हुने फाइलनमा प्रतिष्पर्धा गर्ने मारवाडी युवा संगठनका केन्द्रीय महासचिव सञ्चय अग्रवालले जानकारी दिए ।

IMG_0005

IMG_0004

 

8 thoughts on “चितवनलाई हराउँदै भैरहवा सेमी फाइनलमा (तस्विर सहित)

  1. you’re really a just right webmaster. The web site loading pace is
    incredible. It sort of feels that you are doing any unique trick.

    Moreover, The contents are masterwork. you’ve done a magnificent activity in this subject!

  2. I know this if off topic but I’m looking into starting my own blog and was wondering what all is required to get set up?
    I’m assuming having a blog like yours would cost a
    pretty penny? I’m not very web smart so I’m not 100% certain. Any recommendations or advice would be greatly appreciated.
    Kudos

  3. Somebody necessarily lend a hand to make critically posts
    I would state. This is the very first time I frequented your website page
    and so far? I surprised with the research you made to create this actual post extraordinary.

    Great job!

  4. We’re a group of volunteers and starting a new
    scheme in our community. Your website offered us with
    valuable information to work on. You have done a formidable job and our entire community will be thankful to you.

  5. It is really a great and helpful piece of info.
    I am glad that you shared this useful information with us.
    Please keep us up to date like this. Thank you for sharing.

Leave a Reply

Your email address will not be published.