निर्माण व्यवसायी महासंघको केन्द्रिय साधारणसभा शुरु, केही बेरमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

चितवन, १७ चैत । भुकम्प र नाकाबन्दी पछिको निर्माणको अबस्थाबारे समिक्षा गर्न देशभरका एक हजार बढी निर्माण व्यवसायीहरु चितवनको रत्ननगरमा भेला भएका छन् ।
‘निर्माणबाट समृद्धि’ भन्ने नारा सहित नेपाल निर्माण व्यवसायी महासंघको १८औ केन्द्रिय साधरणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि उनीहरु यहाँ भेला भएका हुन् ।
आजदेखि हुन लागेको दुई दिने केन्द्रिय साधारणसभाको पुर्वसन्ध्यामा विहान रत्ननगरको टाँडीदेखि निम्पनीसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा हात्ती सहित बाजा एबं विभिन्न भेषभूषा तथा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । र्यालीमा महिला समुह, थारु तथा भजन समुहको सहभागिता रहेको थियो ।
म्क्ऋण्ण्टज्ञद्द
कार्यक्रमको उद्घाटन समारोह भने अबको केही बेरमा हुने निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिनुभयो ।
यही चैत १८ गतेसम्म दुईदिन चल्ने साधरणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री आउने भएपछि रत्ननगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रममा उपप्रधानमन्त्री विजय गच्छदारको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
महासंघको १८औ साधरणसभासँगै सोही अबसरमा रजत जयन्ती शुभारम्भ सहित सम्मान तथा पुरस्कार वितरण समारोह पनि हुने आयोजकले जनाएको छ ।म्क्ऋण्ण्टज्ञज्ञ
साधारणसभा चितवन घोषणापत्र जारी गर्दे १८ गते सौराहामा समापन गरिने निर्माण व्यवसायी संघ चितवनका द्धितिय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिनुभयो ।
गत बैशाख १२ र २९ गते गएको बिनासकारी भुकम्पबाट परेको असर, नाकाबन्दीले पारेको प्रभाव तथा पुनर्निमार्ण कार्यमा निर्माण व्यवसायिको भूमिकाका बिषयमा साधारणसभा केन्द्रित हुने कँडेलले जानकारी दिनुभयो ।
महासंघ स्थपना भएको २५औ बर्ष प्रबेश गरेको उपलक्ष्यमा बर्षभरी गरिने कार्यक्रमहरुको समेत शुभारम्भ गरिने जनाइएको छ । कार्यक्रममा मुलुकको निर्माण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई बिभिन्न बिधामा सम्मान तथा एक जनालाई महासंघ गौरब सम्मान पुरस्कार प्रदान गरिने छ ।
साधरण सभामा देशभरीबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी १ हजार २ सय भन्दा बढी सहभागी हुने जनाइएको छ ।
देशभरी १२ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरु महासंघमा आबद्ध रहेका छन् । साधारणसभा सफल पार्न केन्द्रिय बरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।