पर्यटहरुको चहलपहल बढेपछि सौराहाका व्यवसायी उत्साहित

राजेन्द्र आचार्य
चितवन, १७ चैत । मुलुकको तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित सौराहामा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ ।
सौराहामा प्रकृतिक सौन्र्दयसगै यहांका लोपउन्मुख एक सिङ्गे गैडा पाटेबाघ लगायतका जीवजनावरहरु हेर्न पर्यटकहरुको चहल पहल बढेको हो । लामो समयसम्म महाभुकम्प र नाकावन्दीको मारमा परेको सौराहाका पर्यटन व्यवसायीहरु एका–एक पर्यटहरुको चहलपहल बढेपछि व्यवासीहरु उत्साहित समेत बनेका छन् ।fffff
झण्डै ९ महिना बढी समय सुस्ताको सौराहामा आन्तरीक तथा बह््य पर्यटकहरुको आगमनले जुर्मुराएको छ क्षेत्रिय होटल संघका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले भने अब भने हामी सबैमा आश पलाएको छ ।
सौराहा पुग्ने जोकोहीले पनि यति सौराहामा भरिभराउ पर्यटक देख्न सक्दछन् ।
फागुन र चैत महिना पर्यटकहरुको बढी आगमन हुने सिजन भएपनि नेपाली नयां बर्ष समेत नजिकीएको धमाधम बुकिङ्ग बढेको व्यवसायीहरु बताउछन् ।
सौराहा पुगेका पाहुनाहरुलाई अब कुनै कुराको समस्या छैन् रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाका अध्यक्ष लालबहादुर (राजन) भट्टले भने । होटल तथा रेष्टुरेण्टहरुमा पाहुनालाई अडर अनुसारका खाना पाउन सहजछ ।
यो समय राम्रो कमाई हुने समयका रुपमा परिचित हुदैछ क्षेत्रिय होटल संघका सचिव दामोदर रेग्मीले भने, पर्यटकहरुको चहलपहलले विस्तारै अब घाटा कम हुने देखिएको छ ।
भूकम्प र नाकावन्दीले तहस नहस भएको नेपालको पर्यटनमा अब विस्तारै आशाहरु थपिदैछ होटल सपना भिलेज लजका प्रबन्ध निर्देशक धुव्र गिरीले भने, अब सबै पिडा हटेको छ, पर्यटकहरुको चहलपहल आशा थप्यो, सौराहाका होटल तथा लजहरुमा बाह्यमुलुकका पर्यटकहरुले अग्रीम बुकिङ गर्न थालिसके । तर पछिल्लो पटक लामो समय सम्म जारी नाकाबन्दीले सबै बुकीङहरु रद्द भएका थिए ।
सौराहामा रहेका ठूला होटलभन्दा बाहेक ४० रेस्टुरेन्ट, १०० भन्दा बढी जिप, ४० टांगा र ८० बटा हात्तीमा संलग्न रहि २ हजार बढीले रोजगारी पाएका छन् । चितवनको सौराहामा मात्रै बार्षिक १ लाख ५० हजार पर्यटकहरु भ्रमणका लागि आउने गरेका छन् । यहाँ साना ठूला गरी झण्डै १ सय २० वटा होटल तथा लजहरु छन् ।
सौराहामा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशन विदेशी पर्यटक आउने गरेको क्षेत्रिय होटल संघले जनाएको छ । यहाँ करोडौंको लगानीमा ठूला होटल खुलेका छन् । सौराहामा पर्यटकहरु जिप सफारी, डुंगा सफारी, हात्ती सफारी, निकु्ञ्जमा पैदल वाक, थारु स्टिक डान्स लागयतका प्याकेज कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएको छ । सौराहामा आउने पर्यटकले प्याकेज कार्यक्रम अन्तर्गत ६ हजार रुपैयाँ तिर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published.