महिला संघ क्रान्तिकारीको सम्मेलन तयारी तिब्र,

 

चितवन १७ चैत । अखिल नेपाल महिला संघ क्रान्तिकारिको नजिकिँदै गरको छैटौ राष्टिय सम्मेलनको तयारी चितवनमा तिब्र भएको छ । चितवनका नगरपालिका र गाविसहरुमा भेला तिब्र पारिएको छ भने समिति चयन हुने क्रमपनि जारी रहेको छ ।mahela

जस अन्न्तर्गत रत्ननगर नगरपालिकामा सम्मेलनले तुलसा तिमिल्सिनाको अध्यक्षतामा २५ सदस्य समिति चयन गरिएको छ । सम्मेलनमा प्रमुख अथिती अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनकी अध्यक्ष संगिता भट्टराई रहनुभएको थियो ।

सो क्रममा नयाँ संविधानमा एमाओवादीले महिलाको सबालमा धेरै बिषय छोडेको भन्दै गुनासो गरेको र पार्टी एकतामा जोड दिईएको थियो । महिलाहरुले एमाओवादीलाई महिलाको सवाल नछाड्न आग्रह गरेका थिए ।

छैठौं राष्ट्रिय सम्मेलन यही चैत २४ बाट २६ सम्म काठमाडौमा हुँदै छ ।

Leave a Reply

Your email address will not be published.