पुस्तक विमोचन

नारायणगढ, १६ चैत । भरतपुर १० मा रहेको नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान गुठीको आयोजनमा मंगलबार नारायगढामा विभिन्न कार्यक्रम गरिएको छ । पण्डित नीलकण्ठ पौडेलको ९९ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा स्रष्टालाई सम्मान गरिनुका साथै पुरस्कार वितरण एवम् पुस्तक समेत विमोचन गरिएको छ ।
उक्त कार्यक्रममा साहित्यकार लकाश पौडेलद्वारा यात्रा संस्मरणको रुपमा लिखिएको हिमालयदेखि कन्याकुमारीसम्म कृति समेत विमोचन गरिएको थियो । कृतिका बारेमा विभिन्न साहित्यकारहरुले प्रतिकृया दिएका थिए । कार्यक्रममा डीआर पोखरेल, धनराज गिरी, भूपिन लगायत चितवनका ५० जना भन्दा बढी स्रष्ठाहरुको उपस्थिति रहेको थियो । पुस्तकका बारेमा जानकारी दिँदै साहित्यकार लकाशले आफू कन्याकुमारीको यात्रामा जाँदा भोगेका घटनाक्रमलाई पुस्तकमा उतार्ने कोशिस गरेको बताए ।

Leave a Reply

Your email address will not be published.