चितवन क्वाटर फाइनलमा प्रवेश

चितवन, १६ चैत । चितवनको नारायणगढमा सञ्चालन भइरहेको दोस्रो नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत मंगलबार भएको खेलबाट मारवाडी युवा मञ्च चितवन क्वाटर फाइलनमा प्रवेश गरेको छ । चितवनले मारवाडी युवा मञ्च हेटौंडालाई पाँच विकेटले पराजित गर्दै क्वाटर फाइलनको यात्रा तयार गरेको हो ।
IMG_0061

टस जितेर ब्याटिङ रोजेको हेटौंडाले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २५ रन बनाउन सफल भयो । एक सय २६ रनको विजय लक्ष्य सहित जवाफी ब्याटिङ सम्हालेको नारायणगढले १७ दशमलब एक ओभर खेल्दै पाँच विकेटको क्षतिमा विजय लक्ष्य प्राप्त गर्न सफल भयो । नारायणगढको जितको लागि अजित डागाले ३३ बलमा २९ रन जोडेका थिए । ओपनर ब्याट्स म्यान अमित अग्रवालले १८ बल खेल्दै १६ रन जोडेका थिए भने रन्जन अग्रवालले २१ बलमा १५ रन बनाउन सफल भए ।
IMG_0133

चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चितवनका तर्फबाट मनिस पोडारले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट लिएका थिए । त्यस्तै, चार ओभरमा २२ रन खर्चिदै एक विकेट र सचिन पोडारले चार ओभरमा १६ रन खर्चिदै एक विकेट लिन सफल भए ।
IMG_0224

हेटौंडाका लागि सुमित अग्रवालले नट आउट ५२ बलमा ४४ रन जोडेका थिए । त्यस्तै, दिवस शर्मा ३५ बलमा ३५ रन जोड्दै पेबिलोन फर्किए । अर्का ब्याट्सम्यान चिराग अग्रवालले नट आउट १० बलमा ११ रनको योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हेटौंडाको लागि नितेश अग्रवालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट लिएका थिए भने अर्का बलर प्रशान्त जैनले चार ओभरमा २३ रन खर्चिदै एक विकेट लिन सफल भए ।
IMG_0306

मंगलबारको खेलमा मारवाडी युवा मञ्च चितवनका मनिस पोडार म्यान अफ दी म्याच घोषित भए । मंगलबारको म्यान अफ दी म्याचको लागि पुरस्कारको व्यवस्था युरो अटोमोटिभ प्रालि नारायणगढले गरेको मारवाडी युवा संगठनका सचिव सन्दिप अग्रवालले बताए ।
IMG_0242

बुधबार मारवाडी युवा मञ्च चितवन र मारवाडी युवा मञ्च भैरहवाबीच पहिलो क्वाटर फाइनल खेल हुने पश्चिम क्षेत्रका खेल संयोजक नितेश महेश्वरीले जानकारी दिए । मारवाडी लिग अन्तर्गत पूर्व क्षेत्रको खेल बिराटनगरमा र पश्चिम क्षेत्रको खेल नारायणगढमा भइरहेको छ । दुवै तर्फको समूह विजेताहरु चैत २२ गते बिराटनगरमा फाइलनमा प्रतिष्पर्धा गर्ने मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष कञ्चनकुमार अग्रवालले जानकारी दिए ।

IMG_0238

IMG_0237

(तस्विर : आनन्द पोखरेल)