सय जनाले रक्तदान गरे

नारायणगढ, १६ चैत । भरतपुर उपमहानगरपालिका २ क्षेत्रपुरमा रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय एक प्वाइन्ट रगत संकलन भएको छ ।
संस्थाका सचिव विष्णु अधिकारीले दिएको जानकारी अनुसार सोमबार संस्थाको कार्यालय नजिकै लायन्सचोक नमस्ते मिनी पार्कमा आयोजना गरिएको खुल्ला रक्तदानमा १८ जना महिलासहित एक सय जनाले रक्तदान गरेका छन् । गर्मी मौसमको शुरुआत संगै रगतको अभाव हुने भएकाले त्यसलाई पूर्ति गर्न सघाउ पु¥याउने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष मित्रराज दबाडीले बताए ।
संस्थाका संस्थापक अध्यक्ष खिमलाल भण्डारीले रक्तदान कार्यक्रम संयोजक विष्णु पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रम सुरु गरेका थिए । रक्तदान कार्यक्रम संयोजक विष्णु प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।