राजयोग सेवा केन्द्रको भवन उद्घाटन

नारायणगढ, १६ चैत । बह्मकुमारी राजयोग सेवा केन्द्रले नारायणगढको बेलचोकमा नयाँ शाखाको उदघाटन गरेको छ । उक्त भवनको उद्घाटन सोमबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशिका राजयोगिनी राजदिदीले गरेकी थिइन् ।
राजयोग सेवा केन्द्र नारायणगढद्वारा सञ्चालन गरिएको उप सेवा केन्द्र बेलचोकको उद्घाटनका क्रममा राजदिदीले राजयोग केन्द्रको आवश्यकता प्रत्येक ठाउँमा भएको उल्लेख गरिन् । मनले परमात्माको यथार्थ याद गर्नु नै राजयोग भएकाले राजयोगमा लागेका व्यक्तिहरु शान्त, सौहार्द हुने राज दिदीको भनाइ छ । मनलाई शक्तिशालि बनाउनको लागि राजयोगकको आवश्यकता रहेको राजयोग सेवा केन्द्र नेपालका प्रवक्ता ब्रह्मकुमार रामसिंह ऐरले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, सेवा केन्द्र नारायणगढकी सह सञ्चालीका राजयोगिनी अम्बिका, नेपाली काँग्रेस चितवनका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा, प्रशिक्षक चन्दन श्रेष्ठ, ब्रह्मकुमारी गंगालगायतले मन्तव्य राखेका थिए । राजयोगिनी राजदिदीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापिका संसद सदस्य गीता वाग्ले प्रमुख अतिथि रहेकी थिइन् ।
भिम प्रसाद भण्डारी र उनकी श्रीमति पुष्पा भण्डारीले एक कठ्ठा जग्गा दान गरी सो भवन निमार्णका लागि सहयोग गरेका थिए । २७ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो भवन स्थानीयको सहयोगमा निमार्ण गरिएको हो ।

Leave a Reply

Your email address will not be published.