भैरहवा क्वाटर फाइनलमा प्रवेश

आनन्द पोखरेल
चितवन, १५ चैत ।
नारायणगढमा जारी दोस्रो नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत सोमबार भएको खेलमा मारवाडी युवा मञ्च भैरहवा ४७ रनले बिजयी भएको छ । जितसँगै मारवाडी युवा मञ्च भैरहवा क्याटर फाइनलमा प्रवेश गरेको छ ।

4

मारवाडी युवा मञ्च धनगढीले टस जितेर भैरहवालाई ब्याटिङको निम्ता दिएको थियो । निर्धारित २० ओभरको खेलमा भैरहवाले दुई विकेट गुमाउँदै एक सय ९६ रन जोड्न सफल भयो । भैरहवाको जितका लागि शुभम अग्रवालले ६२ बलमा एक सय नौ रन जोडेका थिए । त्यस्तै, अर्का ब्याट्सम्यान सौरभ अग्रवालले नट आउट ४७ बलमा ५७ रनको योगदान दिए ।

3

एक सय ९७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको धनगढीले २० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय ४९ रन मात्र जोड्न सक्यो । धनगढीको लागि पृथ्वी चौधरीले २६ बलमा ३५ रन, मुकेश सिंगलले १७ बलमा ३१ रन तथा पवन तपरीयाले ३२ बलमा २२ रनको योगदान गरे भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

2

भैरहवाको जितका लागि बलर रौनक अग्रवालले चार ओभरमा १६ रन खर्चिदै तीन बिकेट लिन सफल भए भने अर्का बलर दामोदर शर्माले तीन ओभरमा २० रन खर्चिदै दुई विकेट लिएका थिए । धनगढीका लागि नविन गोयल र मुकेश सिंगलले एक÷एक विकेट लिएका थिए । सोमबारको खेलमा मारवाडी युवा मञ्च भैरहवाका शुभम अग्रवाल म्यान अफ दी म्याच घोषित भए ।

1

मारवाडी क्रिकेट लिगको पश्चिम क्षेत्रको खेल नारायणगढमा भएको छ भने पूर्वको खेल बिराटनगरमा भइरहेको छ । दुवै तर्फको समूह विजेतले चैत २२ बिराटनगरको शहिद मैदानमा फाइनल खेल्ने पश्चिम क्षेत्रका खेल संयोजक नितेश महेश्वरीले बताए । प्रतियोगितामा जम्मा १२ टोली सहभागी भएका छन् ।

पश्चिम क्षेत्र अन्तर्गत मंगलबारको खेल मारवाडी युवा मञ्च चितवन र मारवाडी युवा मञ्च हेटौंडाबीच हुनेछ । दुवै टिमले एक एक वटा खेल हारिसकेका कारण क्वाटर फाइनल प्रवेश गर्नका लागि मंगलबारको खेल जित्नुपर्ने दुवै टिमलाई दबाब रहेको छ ।

2222

Leave a Reply

Your email address will not be published.