जनकपुर क्वाटर फाइलनमा, नेपालगञ्ज बाहिरियो

आनन्द पोखरेल
चितवन, १४ चैत । नारायणगढमा सञ्चालन भएको दास्रो राष्ट्रिय मारवाडी क्रिकेट लिगको आइतबार पनि दुई वटा खेल भएका छन् । आइतबारको खेलबाट मारवाडी युवा मञ्च नेपालगञ्ज लिग चरणबाटै बाहिरिएको छ भने मारवाडी युवा मञ्च जनकपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपालगञ्ज धनगढी र जनकपुरसँग लगातार हार व्यहोर्दै खेलबाट बाहिरिएको हो । त्यसैगरी जनकपुरले चितवनसँग र हेटौंडासँगको दुवै खेलमा जीत हासिल गर्दै क्वाटरफाइनलको यात्रा तयार गरेको छ । आइतबारको पहिलो खेलमा भैरहवा आठ विकेटले विजयी भएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको मारवाडी युवा मञ्च नेपालगञ्जले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय ५२ रन जोड्न सफल भयो ।

एक सय ५३ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ सम्हालेको भैरहवाले १५ दशमलब एक ओभर खेल्दै दुई विकेटको क्षतिमा विजय लक्ष्य हासिल ग¥यो । भैरहवाको जीतको लागि राहुल अग्रवालले नट आउट ३५ बलमा ६२ रन जोडे । त्यस्तै सौरभ अग्रवाल ४२ बलमा ४६ रन जोड्न सफल भए भने शुभम अग्रवालले १२ बलमा १५ रनको योगदान गरे । भैरहवाको लागि सुनील सेठीयाले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए भने अर्का बलर शुभम अग्रवालले चार ओभरमा १९ रन दिएर तीन विकेट लिएका थिए ।

नेपालगञ्जका तर्फबाट क्याप्टेन निखिल अग्रवालले ४५ बलमा ४४ रन, कृष्ण लखौटीयाले २१ बलमा २४ रन र दिनेश शर्माले २१ बलमा १९ रन जोडेका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

त्यस्तै आइतबारको दोस्रो खेलमा मारवाडी युवामञ्च एक सय छ रनले विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय १७ रन बनाउन सफल भयो । दुई सय १८ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको हेटौंडाले २० ओभर खेल्दै आठ विकेटको क्षतिमा एक सय ११ रन मात्र जोड्न सक्यो ।

जनकपुरको जीतको लागि चन्दन टिग्रीवालले नट आउट खेल्दै ४३ बलमा ७६ रन जोड्दै टिमलाई क्वाटर फाइनलमा प्रवेश गराउन महत्वपूर्ण योगदान दिए । जनकपुरका लागि राहुल नहरले १७ बलमा ३७ रन, आकाश महंकाले १६ बलमा २३ रन, र नविन मित्तलले ४० बलमा ३७ रनको योगदान दिए । त्यस्तै जनकपुरका राहुल नहरले चार ओभरमा आठ रन खर्चिदै दुई विकेट लिएका थिए । अभिषेक अग्रवालले चार ओभरमा २९ रन खर्चिदै दुई विकेट र चन्दन टिग्रीवालले चार ओभरमा २० रन खर्चिदै दुई विकेट लिन सफल भएका थिए ।

हेटौंडाको लागि सुमित अग्रवालले ५५ बलमा ४७ रन र चिराग अग्रवालले १४ बलमा ११ रन जोडेका थिए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । हेटौंडाका लागि चिराग अग्रवालले तीन ओभरमा ४५ रन खर्चिदै दुई विकेट लिन सफल भए भने, सशन कचर्नीले एक ओभरमा २० रन दिएर एक विकेट मात्र लिएका थिए । आइतबारको खेलमा मारवाडी युवा मञ्च भैरहवाका राहुल अग्रवाल र जनकपुरका चन्दन टिग्रीवाल म्यान अफ दी म्याच घोषणा भए ।