भैरहवा आठ विकेटले विजयी

चितवन, १४ चैत
नारायणगढमा सञ्चालन भइरहेको दोस्रो राष्ट्रिय मारवाडी क्रिकेट लिगको आइतबार भएको पहिलो खेलमा मारवाडी युवा मञ्च भैरहवा आठ विकेटले विजयी भएको छ ।
2222

टस हारेर ब्याटिङको निम्ता पाएको मारवाडी युवा मञ्च नेपालगञ्जले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय ५२ रन जोड्न सफल भयो । एक सय ५३ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ सम्हालेको भैरहवाले १५ दशमलब एक ओभर खेल्दै दुई विकेटको क्षतिमा विजय लक्ष्य हासिल ग¥यो ।
भैरहवाको जीतको लागि राहुल अग्रवालले नट आउट ३५ बलमा ६२ रन जोडे । त्यस्तै सौरभ अग्रवाल ४२ बलमा ४६ रन जोड्न सफल भए भने शुभम अग्रवालले १२ बलमा १५ रनको योगदान गरे ।
भैरहवाको लागि सुनील सेठीयाले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिन सफल भए । त्यस्तै अर्का बलर शुभम अग्रवालले चार ओभरमा १९ रन दिएर तीन विकेट लिएका थिए ।
नेपालगञ्जका तर्फबाट क्याप्टेन निखिल अग्रवालले ४५ बलमा ४४ रन, कृष्ण लखौटीयाले २१ बलमा २४ रन र दिनेश शर्माले २१ बलमा १९ रन जोडेका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालगञ्जका लागि विनोद शर्मा र सुनील सिंगलले समान एक÷एक विकेट लिए ।
आइतबारको पहिलो खेलमा मारवाडी युवा मञ्च भैरहवाका राहुल अग्रवाल म्यान अफ दी म्याच घोषणा भए । आइतबारको हारसँगै मारवाडी युवा मञ्च नेपालगञ्ज लिग चरणबाटै बाहिरिएको छ । शनिबार भएको पहिलो खेलमा नेपालगञ्ज धनगढीसँग पाँच विकेटले पराजीत भएको थियो ।

Leave a Reply

Your email address will not be published.