सरसफाइ तथा विरामी ओसार प्रसार गर्ने सामान लुटपाट

चितवन, १४ चैत । चितवन मेडिकल कलेजमा विगत केही दिन देखि विभिन्न मागहरु राखेर कार्यालय सहयोगी (एटेण्डेन्ट) हरुले शान्तिपूृर्ण आन्दोलनको नाममा अस्पतालको नियमित उपचारमा पुनः अवरोध गर्ने कोसिस गरेका छन् ।Chitwan-Medical-College
आज आइतबार विहान अस्पतालमा कार्यरत कर्मचारीहरूले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको समयमा आन्दोलनरत केही कर्मचारीहरूले उनीहरूको सरसफाई सामान तथा विरामी ओसार–पोसार गर्ने सामान जबरजस्ती लुटेर लगेको अस्पताल प्रशासनले जनाएको छ । यस्ता अमानवीय घटनालाई गम्भिर रुपमा लिईएको अस्पतालले जनाएको छ ।
विगत केही दिन देखि ओ.पी.डी सेवा अवरोध गर्न खोजने, अस्पताल तोडफोड गर्ने, चिकित्सक तथा कर्मचारी बोक्ने यातायातका साधान तोडफोड गर्ने र इन्मानदार तथा कर्तव्य निष्ठ कर्मचारीका सरसफाइका सामानहरु खोसेर लैजाने जस्ता अभद्र र उच्छृङखल, गैरकानुनी व्यवहार गर्ने, गतिविधिले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यो गतिविध कतै नेपालीहरूको लगानीमा संचालित नेपालकै प्रतिष्ठित यस मेडिकल कलेज बन्द गर्ने नियत गम्भीर प्रश्न उत्पन्न भएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।
अस्पताल व्यवस्थापन पक्षले वार्ता सम्वादलाई विगत केही दिन देखि निरन्तर जारी राखेको छ र उनीहरूका केही माग पूरा भइसकेको र केही मागहरूमा छलफल जारी रहेको जनाएको छ ।
२०७२ साउन महिना देखि सेवासुविधा थप भइ सक्दा पनि नेकपा माओवादी विप्लव समूहको नाममा राजनीतिक गतिविधि देखिंदै आएको व्यवस्थापन पक्षले जनाएको छ ।