‘हाम्रो संस्कृति संरक्षण गर्नु सबैको जिम्मेवारी’

नारायणगढ, १३ चैत
नेपाली मौलिक संस्कृति संरक्षण गर्नुपर्ने हामी सबैको दायित्व भएको सरोकारवालाहरुले बताएका छन् । शनिबार नारायणगढमा आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल चितवन शाखाको छैठौं अधिवनका वक्ताहरुले सबैको चासो र सहयोगले मात्र संस्कृति संरक्षण गर्न सकिने बताएका हुन् ।
उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङले नेपाली गीत संगीतमा पछिल्लो समय विकृति भित्रिएकोले यसलाई निर्मुल पार्नको लागि सबै युवाहरु सजक हुनुपर्ने बताए । नेपाली गीत संगीतमा विदेशी संस्कृतिले प्रवेश पाएको गुरुङले गुनासो गरे । पछिल्लो समय तीजनको गीतमा धेरै विकृति छिरेको कराण यसलाई निर्मुल पार्नुपर्ने गुरुङले बताए ।
‘ज्याती मगर जस्ता व्यक्तिलाई सुधार्नको लागि हामी समुदायबाट नै लाग्नुपर्छ’ गुरुङले भने, –‘विकृति भिœयाउने व्यक्तिलाई प्रोत्साहन गर्न हुदैन । विकृति बोकेका गीतलाई सञ्चार माध्यममा समेत प्रसारण गर्न नहुने गुरुङको भनाइ रहेको छ । कौडा तथा सालैलो गीतमा पनि पछिल्लो समय विकृति भित्रिएको गुरुङले बताए । कौडामा केटाले गाउने र केटीले नाच्ने प्रचलन भएपनि पछिल्लो समय केटीले पनि गाउन थालेको तथा सालैजोमा केटाले गाउने र केटीले ताल छोप्ने भएपनि पछिल्लो समय केटीले पनि गाउन थालेको गुरुङले गुनासो गरे ।
उक्त अधिवेशनका क्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक सदस्य हरिप्रसाद न्यौपानेले पछिल्लो समय लोक गीतको माग बढ्दै गएको बताए । मेला महोत्सवहरुमा समेत लोक गीतले स्थान पाउन थालेका कारण आफ्नै मौलिक गीत संगीतलाई सबैले प्राथमिकता दिनुपर्नेमा न्यौपानेले जोड दिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन शाखाका सल्लाहकार ऋद्धिचरण श्रेष्ठ, नारायणी अञ्चल उपाध्यक्ष प्रकाशचन्द्र भट्टराई, सञ्चार उद्यमी कोमलचन्द्र भगतलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमा प्रतिष्ठानका सचिव अस्मिन कुमार श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष लोकबहादुर रानाभाटले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच, प्रतिष्ठानले आभास टेलिभिजनका प्रबन्ध निर्देशक कोमलचन्द्र भगतलाई सम्मान गरेको छ । सञ्चार माध्यमबाट लोक तथा दोहोरी गीत संरक्षणमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानले भगतलाई सम्मान गरेको हो । पुरस्कृत भगतले पुरस्कारलो आफूलाई लोक तथा दोहोरी गीत संरक्षणमा प्रतिवद्ध हुन थप प्रेरिरित गरेको बताए ।
शनिबारको अधिवेशनले प्रतिष्ठान चितवन शाखाको छैठौ अधिवेशनले आनन्दकुमार रञ्जितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा आश्विन श्रेष्ठ र लोकबहादुर रानाभाट, सचिवमा कृष्णप्रसाद भट्टराई, सहसचिवमा उपेन्द्र देवकोटा गोर्खाली र कोषाध्यक्षमा वसन्त लामा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published.