वाइसिएल रत्ननगरमा पुरुषोत्तम (तस्वीरसहित)

 

बिकास पौडेल
चितवन, १३ चैत । एकिकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको युवा संगठन वाइसिएल (ycl )को रत्ननगरको नगर भेला आज सम्पन्न भएको छ । नगर भेलाले पुरुषोत्तम लामिछानेको अध्यक्षतामा ५१ सदस्य नगर समिति गठन गरेको छ ।12899880_783697345095865_460406816_n

जस्को उपाध्यक्षमा सिलोन वराल , बसन्त परियार र राजेन्द्र धामी रकेका छन् त्यस्तै सचिवमा बिकास पौडेल रहेका छन् । त्यस्तै सह-सचिवमा सुरज शर्मा ,सुर्य लामा र सार्थक वराल रहेका छन् भने कोषाध्यक्षमा अमृत लामीछाने चयन हुनु भएको छ ।12919265_783697168429216_1277335444_n

कार्यक्रममा प्रमुख अतिथि एनेकपा माओवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज इश्वरी भट्टराई रहेका थिए । भट्टराईले भेलालाई सम्बोधन गर्दै सम्पूर्ण क्रान्तिकारी युवाहरू देश निमार्णमा होमिनु पर्ने बेला आएकोले तयारी रहन कार्याकर्तालाई आग्रह गर्दै देशमा कालो बजारी र माफीया बढेकाले त्यस्को वाईसिएल (ycl )ले अनुगमन र नियन्त्रण गर्न पर्ने निर्देशनात्मक भनाई राख्नु भएको थियो ।12900082_783697541762512_1753460821_n

कार्यक्रममा वाईसिएल तिन नम्बर प्रदेश सह संयोजक इश्वर सापकोटा सुमन , एमाओवादी क्षेत्रीय संयोजक विवेक , वाईसिएल क्षेत्रीय संयोजक राजेन्द्र ढुङ्गाना लगाएलले बोल्नु भएको थियो । वाईसिएल नगर फ्याक्सन इन्चार्ज मेगनाथ पौडेलको अध्यक्षतामा सम्पन् भएको कार्यक्रममा वाईसिएल जिल्ला सदस्य सिलोन वरालले स्वागत मन्तव्य राख्नु भएको थियो ।4 12910698_783697378429195_437927375_n