एमालेको संगठन सुदृढीकरण अभियान सकियो

रत्ननगर, १३ चैत । नेकपा एमालेले चितवन क्षेत्र नं.२ मा सचालन गरेको चार महिने संगठन सुदृढीकरण तथा सुद्धिकरण अभियान सकिएको छ ।

अभियानका क्रममा नयाँ संविधान बारे जानकारी,संगठन विस्तार,पार्टी प्रवेश तथा नयाँ सदस्यता बृद्धि लगायतको कार्यक्रम गरेको एमालले रत्ननगरको सौराहाचोकमा शनिवार एक औपचारिक कार्यक्रम गरी पहिलो चरणको अभियानको अन्त्य गरेको हो ।
चार महिनामा एमालेले सो क्षेत्रमा पार्टी प्रवेश,सदस्यता नविकरण,शाखा कमिटी तथा भात्रृ संगठनको गठन तथा पुर्नगठन,एक नवयुग एक सदस्य कार्यक्रम गरेको क्षेत्रीय सचिव गोपी नेपालले जानकारी दिए । अभियानका क्रममा रचनात्मक कार्यक्रम अन्र्तगत सरसफाई,बृद्धबृद्धा तथा एकल महिला सम्मानको कार्यक्रम गरिएको उनले बताए ।
एमालेले अभियानका क्रममा नयाँ संविधानको वारेमा कार्यकर्तालाई सुसुचित,पार्टीको नवौैं महाधिवेशनको निर्णय र विधान नियमावलीका वारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको सचिव नेपालले बताए । समापन कार्यक्रममा क्षेत्र नं.२ अन्र्तगतका रत्ननगर,कालीका,खैरहनी नगरपालिका र सिद्धि गाविसका प्रमुख हरुले अभियानका क्रममा भएका कामहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
एमालेका बैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला अध्यक्ष जगन्नाथ थपलिया,सचिव तेजेन्द्र बहादुर खड्का,लेखा आयोगका केन्द्रीय सदस्य जेपी भेटवाल लगायतले वोलेका थिए ।
क्षेत्रीय अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामशरण कुँवरले अधियानको उद्धेश्यका वारेमा वोलेका थिए ।