दोस्रो मारवाडी क्रिकेट लिगमा धनगढी र जनकपुरको विजय सुरुआत

चितवन, १३ चैत । नारायणगढमा सुरु भएको दोस्रो नेपाल राष्ट्रिय मारवाडी क्रिकेट लिगको उद्घाटन खेलमा मारवाडी युवा मञ्च धनगढी पाँच विकेटले विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मारवाडी युवा मञ्च नेपालगञ्जले २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ७६ रन जोडेपनि उसको लागि जीत सम्भव भएन ।11111

नेपालगञ्जका लागि कृष्ण लखोटियाले ४२ बलमा ४४ रन, निखिल अग्रवालले २० बलमा ३० रन, सोनु गोयलले २३ बलमा २७ रन र पारस मोहपालले नट आउट २३ बलमा २५ रन जोडेका थिए ।

त्यसैगरी, एक सय ७७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको धनगढीले १८ दशमलब तीन ओभर खेल्दै विजयी लक्ष्य भेटाउन सफल भएको थियो । धनगढीको जीतको लागि राहुल वंशलले ४७ बलमा ५८ रनको योगदान गरे भने मुकेश सिंगलले १७ बलमा ३४ रन जोड्न सफल भए । नेपालगञ्जका लागि निखिल अग्रवाल र विनोद शर्माले दुई÷दुई विकेट लिएका थिए ।

त्यसैगरी, धनगढीको जीतको लागि मनिस शर्माले तीन तथा नविन गोयलले एक विकेट लिएका थिए । उद्घाट खेलमा सबैभन्दा बढी रन जोड्न सफल भएका मारवाडी युवा मञ्च धनगढीका राहुल बंशल म्यान अफ दी म्याच घोषणा भए ।

त्यस्तै, प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा मारवाडी युवा मञ्च चितवनले टस जितेर व्याटिङ रोजेको छ । सुरुआती ब्याटिङ गरेको चितवनको टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय २७ रन मात्र जोड्न सफल भयो । जवाफी ब्याटिङमा उत्रिएको मारवाडी युवा मञ्च जनकपुरले १४ ओभरमा दुई विकेट गुमाउँदै विजयी यात्रा तयार ग¥यो । जनकपुरको लागि राहुल नहरले ४७ बलमा ५६ रन जोड्न सफल भए भने चन्दन टिग्रीवाल २२ बलमा ३३ रनका साथ नट आउट रहे ।

मारवाडी युवा मञ्च चितवनका लागि अमित अग्रवालले ३२ बलमा २८ रन राजन अग्रवालले २५ बलमा २६ रन जोडे भने सचिन पोदार छ बलमा छ रनका साथ नट आउट रहे । जनकपुरको जीतको लागि राहुल नहरले चार ओभरमा एक मिडन ओभर गर्दै १९ रन खर्चेर तीन विकेट लिन सफल भए । जनकपुरका चन्दन अग्रवालले चार ओभरमा ३३ रन खर्चदै दुई विकेट लिएका थिए भने चितवनको लागि मनिस पोडार र अमरदीप अग्रवालले एक एक विकेट लिएका थिए । दोस्रो खेलको म्यान अफ दी म्याच जनकपुरका राहुल नहर भए ।

उद्घाटन सत्रमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम प्रमुख अतिथि रहेका थिए । गौतमले खेलकुदको विकासको लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको गौतमले बताए । कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष उमाशंकर अग्रवाल, मारवाडी सेवा समिति चितवनका अध्यक्ष दिनेश राठी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष कञ्चनकुमार अग्रवालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा क्रिकेट प्रतियोगिताका पश्चिम क्षेत्र संयोजक नितेश महेश्वरीले स्वागत मन्तव्य राखेका थिए भने मारवाडी युवा मञ्च चितवनका अध्यक्ष विशाल अग्रवालले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.