सौराहा जेसिसको क्षमता तथा नेतृत्व विकास अभिमुखिकरण तालिम

चितवन, १३ चैत । पर्यटकीय नगरी सौराहामा युवाहरुलाई नेतृत्वमा सवल बनाउने उद्देश्यका साथ एक दिने क्षमता तथा नेतृत्व विकास अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
सौराहा जेसिसको आयोजना भएको तालिमले सबै संघ संस्था र समुदायमा नेता र नेतृत्व सबैको आशाको र भरोसाको केन्द्र भएको हुँदा सवल र सक्षम नेतृत्व विकासमा यस्ता तालिम महत्वपूर्ण भएको सहभागीहरुले बताएका थिए । सौराहा जेसिका अध्यक्ष रामशरण सिल्लवालको अध्यक्षतामा सम्पन्न तालिमा सौराहा जेसिसका संस्थापक अध्यक्ष शरद श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । सो अवसर जेसिका प्रशिक्षकहरु प्रदिप पौडेल, निरज श्रेष्ठ र पारस शर्मा रिमालले सहजीकरण गरेका थिए । कार्यक्रममा तालिमका स.योजक हरि दाहाल, महासचिव शिवप्रसाद भुषाल लगायतले बोलेका थिए । तालिममा ५० जना बढीको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published.