किसानहरुको समस्या समाधान मन्त्रालय स्तरबाट सक्रिय : मन्त्री मनवी

चक्रपाणि तिमल्सिना

चितवन, १३ चैत । नेपाल सरकार पशु पंक्षि विकास मन्त्री माननीय शान्ता मानवीले साना किसानहरुको समस्या समाधान मन्त्रालय स्तरबाट सक्रिय भएर लागि परेको दावी गरेकी छिन् । e15ed07f-5d2a-444a-9615-5cbaf62071c4
“नेपालमा अझै पनि साना किसानमा धेरै समस्या छन् उनले भनिन्– यिनको समाधानका लागि आफू व्यक्तिगत तथा मन्त्रालय स्तरबाट सक्रिय छु ।” नेपाल कुखुरापालन किसान संघले पूर्वी चितवनको रत्ननगरमा आयोजना गरेको कुखुरापालक व्यवसायिक किसानसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेकी हुन् ।
चितवन पाल्ट्रीको मुख्य हवको रुपमा विकास भएको अवस्था र यहाँका पोल्ट्री व्यवसायिहरुको समास्याका सवालमा आफुले धेरै जानकारी लिइसकेका कारण समाधानका लागि सक्दो प्रयास गर्ने पनि उनले व्यवसायि समक्ष राखिन् । “समस्या जहाँ पनि रहन्छन् । समस्या प्रति गंभिर रहन र समाधानका खातिर पहल गर्न मन्त्रालय स्तरमा निर्देशन दिई रहेको छु । ” उनको कथन थियो । कुराकानीका दौरानमा पशु पन्छिसँग सरोकार राख्ने खालका समस्या भएमा मन्त्रालयमा जानकारी गराउन समेत उनको आग्रह थियो ।
मन्त्री मानवीकले नयाँ नेपाल बनाउनका लागि नागरिकको नै ठूलो भूमीका रहेको भन्दै नागरिक स्तरवाट नै समस्याको समाधानको उपाय खोज्नुपर्नेमा जोड दिईन् ।
योजना निर्माण गर्दा प्राविधिक बिषेशज्ञलाई समेत राखेर तल्लो स्तरमा व्यापक सहभागीतामा योजना बन्नुपर्ने बताउदै अबको प्राथमिकता भनेको निती नियमको समुचित कार्यान्वयन नै हुनु बताईन् ।
बर्तमान अवस्थामा नेपालमा कृषि उपजमा बिमाको परिपाटि शुरु भई सकेको, पशु बिमाको पनि प्रचलन आईसकेको अवस्थामा पंक्षिजन्य व्यवसायको बिमाको कुरा पनि कृषक स्तरबाट छलफल हुनु पर्ने धारण मन्त्रीको रहको थियो । धितोको लागि प्रसस्त जग्गा जमिन नभएका तर व्यवसाय गरिरहेका किसानको हकमा व्यवसायलाई आधार मानेर थप बित्तिय सेवाको पहुच गराउने तर्फ पनि आफ्नो मन्त्रालय अग्रसार रहेको बताउदै त्यसका लागि विभिन्न स्तरबाट माग आउनु पर्नेमा उनको जोड रहेको थियो ।
यस्तै सो अवसरमा नेपाल सरकार पशु सेवा विभागका महानिर्देशक डा.केशब प्रसाद प्रेमीले पोल्ट्री क्षेत्रको प्रबद्र्धनकाला लागि केहि बिषयमा नितीगत सुधार गर्न आवश्यक रहेको बताएका थिए । सस्तो खालको मेसिनको प्रयोग गरेर राम्रो चल्ला उत्पादन गर्न नसक्ने उदाहरण दिदै विभागले पोल्ट्रिजन्य उत्पादनको गुणस्तरीय उत्पादनसँगसँगै प्रभावकारी अनुगमनमा बिशेष ध्यान दिई रहेको समेत उनले बताए । औषधि ऐन, दान ऐन ल्याउनका लागि विभाग र मन्त्रालय स्तरबाट प्रसस्त प्रयास भईरहेको पनि उनले बताए ।
कार्यक्रममा जिल्ला पशुसेवा कार्यलयका तर्फबाट प्रमुख डा. राम कुमार कार्की, अण्डा व्यावसायी संघका केन्द्रिय अध्यक्ष शिवराम के.सी, नेपाल कुखुरापान किसान संघका अध्यक्ष प्रकाश बाबु खनाल लगायत किसान प्रतिनिधिहरुले आ—आफ्ना धारणा राखेका थिए ।