देवघाटमा निशुल्क स्वास्थ्य शिविर

ज्योति अधिकारी 
चितवन, १३ चैत । देवघाटमा रहेका वृद्धवृदाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै लायन्स क्लब अफ काठमाडौं प्रयासनगरले शनिबार देवघाटमा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न गरेको छ ।12919741_863019480473393_2555639907954444803_n

नेपाल मेडीकल कलेजको प्राविधिक सहयोग र एशिएन फर्मासीट्रयुकल्सको विषेश सहयोगमा देवघाटको वृद्धाश्रममा रहेका बृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरीएको हो । परीक्षणका क्रममा वृद्धावृद्धाहरुमा हड्डी खिईने समस्या , दम , तथा कुपोषणको समस्या बढी भेटीएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । देवघाटमा रहेका वृद्धावृद्धाहरुलाई धेरैले वेवास्ता गरीने हुदा उनिहरुमा कुपोषणको समस्या देखिएको लायन्स क्लव अफ काठमाडौं प्रयासनगरका संस्थापक अध्यक्ष अमीत थापाले बताउनुभयो ।

शिवीरमा करीव २०० जना बृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । शिवीरमा मृगौला रोग विषेशज्ञ डा प्रकास पौडेल , फीजिसीयन डा श्वेता धिताल , वृष्टि पहाडि , गाईनो रोग विषेशज्ञ डा जमुना किरण पौडेल लगाएतले वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गनुभएको थियो । कार्यक्रमको लागी देउराली जनता फर्मासीट्रयुकल्स । क्वेस्ट फर्मासीट्रयुकल्सको पनि सहयोग रहेको थियो ।

साथै लायन्स क्लब अफ काठमाडौं प्रयासनगरले आगामी दिनहरुमा देवघाटमा रहेका बृद्धबृद्धाहरु स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने. उदेश्यले आजनै देवघाटमास्वास्थ्य उपचार स्थलको लागी श्री कृष्ण चैतन्य सत्संग भवनको शिलान्यास गरेको छ ।

Leave a Reply

Your email address will not be published.