१० हजार कुखुराका चल्ला बरामद

नवलपरासी, चैत्र १३ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले १० हजार अबैध कुखुराको चल्ला बरामद गरेको छ ।chala हकुई गाविसबाट आज बिहान परासी तर्फ आउदै गरेको लु १ च ४२ ३८ नम्बरको जीपमा अबैध रुपमा ल्याउदै गरेको १० हजार ब्रोईलर कुखुराका चल्ला बरामद गरेको हो ।

प्रहरी निरीक्षक सुवास गैरको नेतृत्वमा खटेको टोलीले हकुई चोकमा सो गाडीलाई रोक्न खोज्दा अटेर गरी भागेको र भुमही भैहरवा बाइबास रोडस्थित परासीमा आफै अनियन्त्रित भई पल्टन जाँदा सो मात्रामा रहेका कुखुराका चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
अनियन्त्रित भई पल्टिएको जीप प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र कुखुराका चल्ला पशु क्वारेन्टाईन परासीलाई जिम्मा लगाएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.